नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

सुनकोसीको सबै वडामा बिद्युतिय हाजिरी

अोखलढुङ्गान्युज, भदौ २ अोखलढुङ्गा ।
ओखलढुङ्गाका स्थानिय तहहरुले बिद्युतिय हाजिरीको अभ्यास थालेका छन् । स्थानिय सरकारका रुपमा स्थापित नगरपालिका, गाउँपालिका र वडा पालिकाहरुले बिद्युतिय हाजिरीको अभ्यास थालेका हुन् । कार्यालयका कर्मचारीहरुलाई कामप्रति थप जिम्मेवार बनाउन बिद्युतिय हाजिरीको प्रयोगलाई जोड दिएको गाउँपालिका कार्यालयले जनाएको छ ।

सिंहदरबारको अधिकार गाँउ सम्म पुर्याउन निर्वाचित भएका जनप्रतितिधिहरुले स्थानिय तहबाट काम थालेसंगै पहिलो प्राथमिकता जिम्मेवार बन्न बिद्युतीय हाजिरीको प्रयोगलाई जोड दिएका हुन् । एक नगरपालिका सहित ८ स्थानिय तह रहेको ओखलढुङ्गामा ७५ वटा वडा रहेका छन् । यी स्थानीय तहहरुमध्ये चिशंखुगढीले विद्युतिय हाजिरीको सुरुवात गरिसकेको छ । त्यस्तै सिद्धिचरण नगरपालिकाले नगरपालिकामा विद्युतिय मेसिनको प्रयोग गरि उपस्थितिको हाजिरी सुरुवात गरिसकेको छ ।

केहि गाँउपालिकाहरुमा यसको प्रयोग र केहीमा यसको प्रकृया अगाडी बढिरहेको छ । पछिल्लो समय वडा पालिकाहरुमा समेत यसको अभ्यास थालनी भएको छ । यसैक्रममा ओखलढुङ्गाको सुनकोशी गाउँपालिका अन्तर्गत गाउँपालिका कार्यालय र यहाँका सबै वडाहरुमा विद्युतीय हाजिरी मेशिन जडान गरि शुक्रबारबाट प्रयोगमा ल्याईएको सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्रप्रसाद अधिकारीले जानकारी गराउनुभयो । गाउँपालिकाको बार्षिक लक्षित कार्यक्रम अनुसार नै पहिलो चरणमा गाउँपालिका र सबै वडा तथा दोश्रो चरणमा गाउँपालिका भित्रका माद्यामिक विद्यालय र स्वास्थ्य चौकी तथा तेश्रो चरणमा बाकी रहेका अन्य कार्यालयमा पनि जडान गरिने गाउँपालिका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

 

कार्यालयमा कर्मचारीहरुको नियमित उपस्थिति गर्नका लागी पहिलो प्राथमिकताका साथ हाजिरी मेसीन जडान गरेको अध्यक्ष अधिकारीले बताउनुभयो । विद्युतीय हाजिरी मेसीन जडान पछि कार्यालयमा कम उपस्थित हुने कर्मचारीहरुको उपस्थिति नियमित हुने र उनीहरुको कामप्रति कर्मचारीहरुको जिम्मेवारी अझ बढ्ने उहाँको बिश्वास छ ।♦