नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गामा आँखाका नयाँ बिरामीको संख्या थपिदै

ओखलढुङ्गान्युज, भदौ १ ओखलढुङ्गा । पछिल्लो तथ्यांक अनुसार ओखलढुङ्गामा आँखाका नयाँ बिरामीहरुको संख्या बढ्दो क्रममा रहेको पाईएको छ । सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाका अनुसार एक बर्षमा तिन हजार भन्दा बढी नयाँ आँखाका बिरामीहरु फेला परेको सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाले जनाएको छ । गत आर्थिक वर्षमा सामुदायीक आँखा केन्द्र ओखलढुङ्गाले जिल्लाका विभिन्न स्थानहमा सञ्चालन गरेको थियो । सामुदायीक आँखा केन्द्रले सञ्चालन गरेको शिविरवाट उक्त मात्रामा नयाँ विरामीको संख्या थपिएका हुन् ।

त्यसैगरि आँखा केन्द्रमा गत आर्थिक बर्षमा मात्र ३ हजार ६ सय ८६ जनाले आँखा परिक्षण गराएको केन्द्रले जनाएको छ । केन्द्रमा आँखा परीक्षण गराउन आएका मध्ये २ सय ३० जनामा मोतिबिन्दुको समस्या रहेको सामुदायीक आँखा केन्द्रले जनाएको छ । मोतिबिन्दुको समस्या पहिचान भएका मध्ये ८६ जनाको शल्यक्रिया समेत गरिएको जिल्ला सामुदायीक आँखा केन्द्रका ईन्चार्ज टिका रार्ईले जानकारी दिनुभयो ।

ओखलढुङ्गा सामुदायीक आँखा केन्द्रमा उपचार गर्न आएका आँखाका ३ हजार ६ सय ८६ जना जना विरामी मध्ये २ हजार ९ सय २८ जनाले औषधी प्रयोग गरिरहेका छन् । अन्य १ हजार ७ सय ६१ जनाले नियमित रुपमा चस्माको प्रयोग गरिहेको पनि राईले बताउनुभयो ।

सामुदायीक आँखा केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका बिभिन्न १७ वटा बिद्यालय तथा समुदायका १४ स्थानमा शिबिर सञ्चालन गरी ३ हजार ३ सय १ जना आँखाका बिरामी फेला पारेको छ । उनिहरुलाई पनि औषधी तथा चस्मा बितरण गरिएको आँखा केन्द्रले जनाएको छ । आँखा मानव शरिरको सबैभन्दा महत्वपुर्ण अंग भएकाले यसको हेरचाह गर्न अतिआवश्यक रहेको ईन्चार्ज राईले बताउनुभयो ।

आखाँका समस्या भएका बिरामीहरु सबैभन्दा बढी बर्षाको समयमा देखा पर्ने गरेका छन् । बर्षाको समयमा हिलो तथा धुलोमा कामको चाप हुने भएका आँखामा बढी समस्या देखा पर्ने डाक्टरको भनाई छ । आँखा मानव शरिरको संवेदनशील अंग समेत भएकोले आँखालाई धुलो तथा हिलोवाट जोगाउनुपर्ने डाक्टरहरुको सुझाब पनि छ । आँखालाई स्वच्छ राख्न दैनिक कृयाकपाल संगै आँखालाई पनि उत्तिकै हेरचाह गर्नु आवश्यक छ । आँखा केन्द्रमा आर्थिक बर्ष २०७३/०७४ मा ६ हजार भन्दा बढिले आँखाको जाँच गराएका थिए ।