नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

करवृद्धी फिर्ता नलिए सशक्त आन्दोलन गर्ने क्रन्तिकारी माओवादीको चेतावनी

ओखलढुङ्गान्युज, साउन ३० ओखलढुङ्गा । केही समय देखी अस्वभाबिक रुपमा सरकारले बढाएको कर तुरुन्त फिर्ता नगरे कडा आन्दोलन गर्ने क्रान्तिकारी माओवादी ओखलढुङ्गाले जनाएको छ । सरकारले बढाएको कर तुरुन्त फिर्ता लिन आग्रह गर्दै फिर्ता नगरे कडाई रुपमा आन्दोलन गर्ने क्रन्तिकारी माओवादीले विज्ञप्ती मार्फत चेतावनी दिएको छ । क्रन्तिकारी माओवादीको ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला कमिटिले बुधबार ओखलढुङ्गामा संयुक्त बिज्ञप्ती जारी गर्दै तत्कालै कर वृद्धि फिर्ता नलिए सशक्त आन्दोलनमा उत्रने चेतावनी दिएको हो ।

सरकारले जनताको ढाँड सेकिनेगरी कर बृद्धी गरेको भन्दै यो निणर्य तत्काल फिर्ता गर्नुपर्ने विज्ञप्ती मार्फत जनाएको छ । अस्वभाविक कर बृद्धीले सर्वधारण जनता प्रत्यक्ष मारमा परेको भन्दै यसको बिरोधका लागी उत्रन कर्मचारी, शिक्षक, बुद्धिजिवी, मजदुर तथा सर्वसाधारणलाई आह्वान समेत गरेको छ ।

क्रान्तिकारी माओवादीका ओखलढुङ्गा जिल्ला सेक्रेटरी रुद्र फुयाल ‘पर्वत’ द्वारा हस्ताक्षरीत बिज्ञप्तीमा समाजमा भैरहेका हत्या, हिंसा बलात्कारजन्य जघन्य अपराध नियन्त्रण गरी नागरीकको सुरक्षाको प्रत्याभुती गराउन समेत सरकारसंग माग गरेको छ । नेपाल सरकार यदि यस बिषयमा गम्भिर नभए सिंगो पार्टि नै सामाजिक अपराधका बिरुद्ध परिचालित हुने समेत विज्ञप्ती मार्फत चेतावनी दिएको छ ।

जारी बिज्ञप्तीमा दैनिक उपभोग्य बस्तुमा मुल्य बृद्धी हुदाँ कालाबजारी बढेको र विकास निमार्णका काममा भ्रष्टचार बढेको भन्दै छानबिन गरी दोसीलाई कारबाही गर्न माग गरिएको छ । साउन २८ र २९ मा भएको संयुक्त जिल्ला कमिटिको बैठकले आगामी असोज २१ र २२ गते ओखलढुङ्गा–सोलुखुम्बु संयुक्त जिल्ला संगठन समितिको जिल्ला सम्मेलन गर्ने निर्णय पनि गरेको विज्ञप्तीमा उल्लेख छ ।