नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

रुद्रकालिका आमा समूहका १ दिन दुई घण्टे सहयोग अभियान

ओखलढुङ्गान्युज, साउन २५ ठूलाछाप ।  ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. २ का महिलाहरुले १ दिन दुई घण्टे सहयोग अभियान सुरु गरेका छन् । समूहका सदस्यहरुमा भैपरी हुने समस्याका कारण खेतिपातीका काममा बाधा पुग्ने भन्दै १ दिन दुई घण्टे सहयोग अभियान सुरु गरेका हुन् । साविकको निशंखे ठूलाछाप गाविसका स्थानीय रुद्रकालिका आमा समूहका महिलाहरुले समुहको सदस्यका परिवारमा लक्षित गरि यस्तो अभियान सुरु गरेका हुन् ।

वर्षात वा हिउदको कामको सिजनमा समुहका सदस्यहरुका परिवारमा आपतकालीन् समस्याका कारण कामको भार थपिने भन्दै सहयोगका लागी अभियान थालनी गरिएको समुहले जनाएको छ । आपतकालीन समस्याका कारण समस्यामा परेका समुहका सदस्यहरुको खेतबारीमा पुगेर १ दिन २ घण्टा, सिजन अनुसारको खेतिपाती तथा काम गरिदिने समुहका अध्यक्ष यमुना खतिवडा कटवालले बताउनुभयो ।

अभियानको थालनी स्वरुप समुहका सदस्यहरु देबकुमारी कटवाल, चित्राकुमारी कार्की र होमकुमारी खड्काको बारीमा कोदो रोपाई गरिएको छ । अध्यक्ष कटवालका अनुसार अभियान मार्फत सामाजिक सद्भाव र सहयोगको भावनामा टेवा पु¥याउउने उद्देश्यले अभियानको सुरुवात गरिएको हो । अहिले अभियान चलाईरहेको आमा समुहमा हाल ५० जना महिलाहरु सदस्य रहेका छन् ।