नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

ओखलढुङ्गा सदरमकामको गाँजा खेती प्रहरीले गर्यो नष्ट

ओखलढुङ्गान्युज, साउन २४ ओखलढुङ्गा । ओखलढुङ्गाको विभिन्न स्थानमा लगाईएको गाँजा खेतीलाइृ आज प्रहरीले नष्ट गरेको छ । पछिल्ला दिनहरुमा ओखलढुङ्गा प्रहरीले आफ्ना लागू पद्धार्थ विरोधी अभियानलाई सक्रियताका साथ अघि बढाएको छ ।

जिल्ला सदरमुकाम लगायत सदरमुकामका आसपासमा लागू पदार्थको दुर्व्यसनी बढेपछि प्रहरीले गाँजा फडानि कार्यमा पनि सक्रियता बढाएको हो । जिल्लाका विभिन्न स्थानमा लगाईएको गाँजा नष्ट गर्ने क्रममा पछिल्लो समय सदरमुकाम र आसपासका क्षेत्रमा प्रशस्त मात्रामा गाँजा लगाएको भेटिएपछि जिल्ला सदरमुकाम ओखलढुङ्गाका विभिन्न स्थानमा बिहिबार गाँजा फडानि गरेको हो ।

जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ११ रमाइलो डाँडा र वडा नं ८ सल्लेरीको लगलगेमा करिव ७ रोपनि जग्गामा लगाईएको गाजा खेती नष्ट गरेको छ । बिहिबार जिल्ला सदरमुकाम रमाइलो डाँडामा कुमारी कार्कीको जमिनमा ५०० बिरुवा तथा वडा नं ८ सल्लेरिको लगलगेमा धन बहादुर मगर, नानि माया घिसिङ र ज्ञानी चौलागाईंको बारिमा लगाईएको करीब १ हजार एकहजार पाँच सय गाँजाका बिरुवा नष्ट गरेको हो ।

प्रहरीले गाँजा नष्ट गरेपछि जग्गाधनीहरुले भने आफुले यो बाली नलगाएको र यो मास्न पनि नसकेको वताएका छन् । जिल्लाका सबै स्थानमा गाँजा नष्ट गरिने र लागू पदार्थको दुर्व्यसनीका साथै अपराधिक घटनाहरु बढेका कारण जमिनमा गाँजा नलगाउन सर्वसाधरणलाई अनुरोध गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक अनन्त राम शर्माले बताउनुभयो ।

तस्वीरमा गाँजा फडानी :