नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा पहिरोले दुई घर पु¥यो

ओखलढुङ्गान्युज, साउन २३ ओखलढुङ्गा । साउन महिनाको पछिल्लो केही दिनको अविरल बर्षातका कारण पहिरो जादा ओखलढुङ्गामा दुईघर पहिरोले पुरेको छ । शोमवार राति पानी सगै आएको पहिरोले पात्लेका दाटी शेर्पा र ल्हमु शेर्पाको छर पहिरोले पुरिएको हो ।

पहिरोले मानवीय क्षति नभए पनि एक हल गोरु र एउटा कुकुर बगाएको मोलुङ गाँउपालिका ७, का वडा अध्यक्ष हेमबहादुर सुनुवारले जानकारी दिनुभयो । पहिरोले पुरिएको घर खिजीदेम्बा गाउँपालिका वडा नं. ९ र मोलुङ गाउँपालिका वडा नं. ७ को सीमानामा पर्दछ । पहिरोका कारण अन्य ५ घर जोखिममा परेका छन् ।

गाउँमाथिबाट पहिरो खसेकाले त्यसै ठाउँका ५ घर समेत पहिरोका जोखिममा परेका छन् । पहिरो पीडित परिवार हाल आफन्तको घरमा शरण लिई बसिरहेका छन् । पिडितहरुलाई आवश्यक राहतका लागि तत्काल पहल थालिएको मोलुङ्ग गाउँपालिकाका वडा अध्यक्ष सुनुवारले बताउनुभयो ।

भूकम्पले जमिन छियाछिया बनाएको र यसैबर्ष विस्तार गरिएको सडकहरु नै पहिरोको कारण रहेको जनाएको छ । प्रारम्भिक वातावरणीय परीक्षण विना जथाभावि सडक निर्माण गर्ने कार्यले जोखिम बढेको स्थानीयहरुको आरोप छ । लगातार वर्षा भइरहेकाले ओखलढुंगामा पहिरोको जोखिम बढेको छ ।