नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सर्पको टोकाईवाट ओखलढुङ्गाका गुरुङ्गको ज्यान गयो

ओखलढुङ्गान्युज, साउन २२ ओखलढुङ्गा । ओखलढुङ्गामा सर्पको टोकाईवाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनकोशी गाउँपालिका ९ कटुन्जेका अन्दाजी ५७ वर्षीय राम कुमार गुरुङ रहेका छन् । गत शुक्रबार सर्पले टोकेका गुरुङलाई काठमाडौंस्थीत टेकु अस्पतालमा उपचारका लागि भर्ना गरिएको चार दिनपछि सोमबार मृत्यु भएको सुनकोशी गाउँपालिका ९ का वडा अध्यक्ष झनक कार्कीले बताउनुभयो ।

गत शुक्रबार दिउसो राँगो धपाउन जाने क्रममा लडेर सर्पलाई कुल्चिन पुगेका थिए । सर्पलाई कुल्चन पुगेका मृतक गुरुङको खुट्टाको तीन ठाउँमा सर्पले टोकेको थियो । सर्पले टोकेपछि गुरुङको उपचारका लािग स्थानीय धामीझाक्रीकोमा लगिएको थियो । धामीले झारफुक गरेपछि गूरुङको सर्पले टोकेको खुट्टा सुन्निन कम हुदै गएको र ठिक भई दुई दिन काम समेत गरेको स्थानीय लोकनाथ अधिकारीले बताए । यसअघि पनि सर्पले टोकेका बिरामीलाई धामीले ठिक पारेकोले अस्पताल लैजाने भन्दा पनि धामीको भर परेर उपचार गरेको स्थानीयले बताएका छन् ।

गर्मी तथा वर्षातको समयमा सर्पको टोकाईका कारण तराईमा धेरैको ज्यान गएको समाचार आईरहेको बेला ओखलढुङ्गामा पनि गुरुङको मृत्यु भएको छ । सर्पको टोकाईवाट ज्यान जान्छ भन्ने जानकारी हुदाहुदै पनि धामीझाक्रीको पूर्ण विश्वास परेका कारण गूरुङको मृत्युभएको हो ।शुक्रवार सर्पले टोकेको गुरुङले सामान्य काम गर्दैगर्दा आईतबार दिउसो चक्कर लाग्यो भनि अचानक ढलेका थिए । त्यसपछि गुरुङलाई तत्काल नै जिल्ला सदरमुकाम स्थीत मिसन सामुदायीक अस्पतालमा पु¥याईएको थियो । अस्पतालले बिरामीको प्रेसर आवश्यकता भन्दा धेरै रहेकोले जिल्लामा उपचारहुन नसक्ने भन्दै तत्काल काठमाडौं लान आग्रह गरेको थियो । अस्पतालको आग्रह अनुसार पछि तुरुन्त रातारात काठमाण्डौ पु¥याईएको हो । काठमाण्डौ पु¥याएर टेकु अस्पतालमा पु¥याएर भर्ना गरी उपचार गर्ने क्रममा उनको सोमबार दिउसो ज्यान गएको हो ।

शोमवार नै गुरुङको पशुपती आर्यघाटमा अन्तेष्टि गरिएको छ । गुरुङको पार्थीक शरीरमा ओखलढुङ्गावाट निर्वाचित हुनुभएका संघिय प्रतिनिधीसभाका सांसद यज्ञराज सुनुवारले नेकपाको झण्डा ओढाएर श्रद्धाञ्जली ब्यक्त गर्नुभएको थियो ।