नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

सुनकोसीले किरीया खर्च वापत ५ हजार दिने

ओखलढुङ्गान्युज, साउन १८ ओखलढुङ्गा । ओखलढुङ्गाको सुनकोसी गाउँपालिकाले मृतकका परिवारलाई प्रति परिवार पाँच हजार रुपैया उपलब्ध गराउने भएको छ । मृत्युपछि गरिने संस्कार९किरीया० खर्च बापत गाँउपालिकाले प्रति मृतक परिवार पाँच हजार रुपौया उपलब्ध गराउने भएको हो । आफ्नो गाउँपालिकाका क्षेत्रका नागरिकहरुको विभिन्न दुर्घटनाका कारण वा अन्य जे कारणले मृत्यु भएपनि मृतकको काज किरीया गर्न परिवारलाई आर्थिक बोझ नहोस भन्ने उद्देश्यले रकम उपलब्ध गराउन लागेको हो ।

केही समय अगाडी भएको गाउँपालिकाको पहिलो गाउँसभामा उक्त प्रस्ताव प्रस्तुत गरिउको थियो । उक्त प्रस्ताव गाउँसभावाट प्रस्ताव पारित भएको र उपलब्ध गराईने रकम स्वीकृत गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका उपाध्यक्ष दुर्गा तामाङले पेश गरेको बजेटमा गाउँ सभाबाट पारित निर्णयमा मृत्युपछि हरेक मृतकका परिवारलाई संस्कार खर्चवापत पाँच हजार नगद उपलब्ध गराइने उल्लेख गरिएको छ ।

समुदायमा चल्दै आएको परम्परागत संस्कार, संस्कृतिलाई जोगाउन तथा आर्थीक स्तर कमजोर भएका व्यक्तिलाई सहयोग पुर्याउने हेतुले यस्तो कार्यक्रम ल्याईएको गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो । ओखलढुङ्गाका आठ स्थानिय तहमध्ये यस्ता खाले कार्यक्रम ल्याउने सुनकोसी गाउँपालिका सम्भवत पहिलो स्थानिय तह बनेको छ । जिल्लामा रहेको एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानीय तहमध्ये सुनकोसी गाउँपालिकाले नागरिकको हितमा महत्वपूर्ण कार्यक्रमहरु ल्याएको छ । यो प्रस्ताव गाउँपालिकाको सभाले पास गरेसगै गाउँपालिका क्षेत्रभित्र रहेका र बिहान बेलुका छाक टार्न नै धौधौ पर्ने स्थानिय नागरिहरुलाई राहत पुग्ने अपेक्षा लिईएको छ ।

त्यस्तै गाउँपालिकाले गाउँपालिकाभित्र काममा लगाइने मजदुरको न्यूनतम ज्याला समेत निर्धारण गरेको छ । गाउँसभाले दैनिक तीन सय रुपैंयाभन्दा कम र मासिक रुपमा नौ हजारभन्दा कम रकम दिएर ज्यालादारीमा काम लगाउन नपाइने नीति ल्याएको हो । स्थानीय स्तरमा रहेको विभिन्न ज्याला मजदुरीको काम गर्ने मजदुरको श्रम शोषण गर्ने गरेको पाइएपछि यस्तो निर्णय गरिएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

देशै भरि स्थानीय तहले जथाभावी रुपमा स्थानीय नागरिकको ढाड सेकिने गरि कर उठाउने निर्णय गरेको तथा कर उठाईरहेको विषयमा विरोध भै रहेको बेला सुनकोसीमा भने सुत्केरी महिलालाई एक हजार दिने निर्णय गरेको छ । गाउँपालिकाले नवजात सिसुको जन्मपछि गरिने स्याहार खर्च एक हजार रुपौया दिने निर्णय गरेको हो । बच्चाको स्याहार गरेर बच्चा राख्न प्रोत्साहन गर्ने उद्देश्यले बच्चा जन्मेर जन्मदर्ता गरेपछि एक हजार दिइने नीति पास गरिएको गाउँपालिकाले जनाएको छ ।