नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

भिजन आईडलमा ‘टपटेन’ को को परे ?

ओखलढुङ्गान्युज, असार ३० ओखलढुङ्गा । ओखलढुङ्गामा जारी भिजन आईडल ‘सिजन टू’ वाट उत्कृष्ट दश छनौट भएका छन् । अडिसनमा सहभागि विभिन्न चार जिल्लाकाबाट छनौट भएका ९९ जना मध्येको प्रतिस्पर्धाबाट टप टेन अर्थात उत्कृष्ट दश छानिएका हुन् ।

सञ्चारका क्षेत्रमा काम गर्दै आएको सामुदायीक संस्था भिजन नेपालको आयोजनामा सञ्चालन भईरहेको भिजन आईडलका विभिन्न राउण्ड पार गरेर उत्कृष्ट दश छानिएका हुन् । असार १५ देखी ओखलढुङ्गामा सञ्चालन भएको विभिन्न विधाका गितहरु गाउदै चरणहरु पार गर्दै आएका उत्कृष्ट दशको छनौट भने असार २८ गते मानेभञ्ज्याङ्गमा सम्पन्न भएको थियो ।

उत्कृष्ट दशमा पर्नेहरुमा खोटाङको दिप्रुङकी प्रवृती राई, ओखलढुङ्गा मानेभञ्ज्याङ गाउँपालिकाका विशु राई, नरेन्द्र राई, जितेन्द्र दियाली र मनोज कुमार राई, चिशंखुगढीका प्रकाश वि.क, सुनकोशीका सरीता तामाङ र प्रशान्त तामाङ, उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका सुजन राई र सुनशेर चाम्लीङ छानिएका छन् । छानीएका टप टेनले साउन २ मा हुने फाईनलमा प्रतिस्पर्धा गर्नेछन् ।

भिजन आईडलमा प्रथम हुनेले शिल्ड, मेडल र प्रमाण पत्रको साथमा नगद रु २५ हजार, द्वितिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १५ हजार, तृतिय हुनेले मायाको चिनो, मेडल र प्रमाण पत्रको साथमा नगद रु १० हजार प्राप्त गर्ने छन् । उत्कृष्ट दश लाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ भने अडिसनमा सभागिहरु सबैले पनि प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट प्रतियोगिहरुलाई रेकर्डिङ स्टुडियोहरुमा समन्वय गरी गीत रेकर्डिङमा सहयोग गरिने भिजन नेपाल ओखलढुङ्गाले जनाएको छ ।