नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाका पत्रकार सम्मानित

विवेश श्रेष्ठ, असार २९ ओखलढुङ्गा  । सुनकोशी गाउँपालिकाले ओखलढुङ्गाका सञ्चार माध्यम र सञ्चारकर्मीहरुलाई सम्मानित गरेको छ । सञ्चारकर्मी पत्रकारहरुसगै गत आर्थिक वर्ष २०७४/७५ मा सुनकोसी गाउँपालिकामा रही उत्कृष्ट सेवा प्रवाह गर्ने विभिन्न व्यक्तित्वहरुलाई समेत सम्मान र पुरस्कृत गरेको हो । विहीबार सुनकोसी गाउँपालिकाको कार्यालयमा आयोजित एक औपचारीक कार्यक्रमका विच सम्मान गरिएको हो ।

सुनकोसी गाउँपालिका सग समन्वय र सहकार्य गरि गाउपालिकाको हरेक गतिबिधिमा उत्कृष्ट सहयोग गरेको भन्दै ओखलढुङ्गाको भिजन नेपाललाई नगद रु १५ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मानित गरेको छ । सुनकोसी गाउँपालिकाको विकास निर्माण तथा क्षमता विकासमा सहयोग गरेको भन्दै जिल्लाका कृयाशिल पत्रकार कुम्भराज राई, शिव प्रसाद ढुंगाना, बोध नारायण श्रेष्ठ, पूर्णप्रसाद न्यौपानेलाई नगद सहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मान गरेको छ ।

त्यसैगरि आफ्नो एफ.एम. का समाचार प्रमुख रामहरि श्रेष्ठ, सहयात्री रेडियोको व्यबस्थापक जीवन शर्मा, रमाईलो रेडियोका स्टेशन मेनेजर राजकुमार कार्की, ओखलढुङ्गा एफ.एम. का मेघहरी आचार्य, हाम्रो ओखलढुङ्गा अनलाईनका नबराज कार्की, लिला सुनुवारलाई पनि नगद सहित दोसल्ला ओढाई सम्मान पत्रले सम्मानित गरेको हो ।

कार्यक्रममा गाउँपालिकामा रहि निरन्तर सेवा प्रवाह गरेको भन्दै उत्कृष्ट महिला निजामती कर्मचारीवाट गाउँपालिकाका योजना प्रमुख एवम् ना.सु. दुर्गा खड्का, उत्कृष्ट निजामती कर्मचारी पुरुष तर्फ दिलिप कुमार मगर नगद १५ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मानित भएका छन् । त्यस्तै उत्कृष्ट पुरुष शिक्षक खिलानाथ बराल, उत्कृष्ट महिला शिक्षक सानुदेवी श्रेष्ठ, उत्कृष्ट पुरुष स्वास्थयकर्मी पदम बहादुर खड्का, उत्कृष्ट महिला स्वास्थ्यकर्मी पुष्पा सारुलाई पनि नगद १५ हजार सहित दोसल्ला र सम्मानपत्र प्रदान गरिएको छ ।

त्यस्तै स्वास्थ्य स्वयम् सेवीका पदमा रहि निरन्तर लामो समय सम्म कार्यरत रहेका तर ६० वर्ष उमेर पार गरेका ६ जना महिला स्वास्थ्य स्वयम् सेवीकाहरुलाई पनि नगद ७० हजार सहित दोसल्ला र सम्मान पत्र प्रदान गर्दै विदाई गरिएको छ । नेपाल सरकारको तर्फवाट महिला स्वास्थ्य स्वयम् सेवीका २ जनाका लागि जनही रु २० हजारका दरले प्राप्त भएपनि सुनकोसी गाउँपालिका भरीवाट ६ जना महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाइृ जनही नगद ७० हजार प्रदान गरेका छ ।

लामो समय सम्म नागरिकहरुको स्वास्थ्य सेवामा लागिपरिरहेका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई उमेरका कारण घरफिर्ता गर्दा रित्तोहात नहोस् भन्ने हेतुले छ जना सबै महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई गाउँपालिकाको तर्फवाट नगदको व्यबस्था गरिएको गाउँपालिका प्रमुख रुद्रप्रसाद अधिकारीले बताउनुभयो । त्यसैगरि गाउँपालिका भरिवाट उत्कृष्ट अंक पाप्त गरि माद्यमिक शिक्षा उत्तिर्ण गर्ने ३ जना छात्र तथा ३ जना छात्रालाई पनि नगद सहित दोसल्ला र सम्मान पत्रले सम्मानित गरिएको थियो ।

पुरस्कार तथा सम्मान ग्रहण पश्चात पुरस्कृत सञ्चारकर्मीहरुले सम्मानित गरेकोमा गाउँपालिकालाई धन्यवाद दिदै आगामी दिनहरुमा थप क्रियाशील हुने उत्प्रेरणा जागेको बताएका थिए । सुनकोसी गाउँपालिका लगायत जिल्लाका हरेक स्थानीय तहको विकासका लागि स्थानीय तहसग सहकार्य गरेर अघि बढ्न जिल्लाका सञ्चार माध्यम तथा सञ्चारकर्मीहरु सधै तयार रहेको नेपाल पत्रकार महासंघ ओखलढुङ्गाका कार्यबहाक अध्यक्ष शिव प्रसाद ढुंगानाले बताउनुभयो ।

सुनकोसी गाउँपालिकाको वार्षिक निति तथा कार्यक्रम अनुसार नै यो पुरस्कार तथा सम्मान कार्यक्रमको आयोजना गरिएको सुनकोसी गाउँपालिकाका अध्यक्ष रुद्र प्रसाद अधिकारीले बताउनुभयो । जिल्लामा रहेका आठओटा स्थानीय तह मध्ये सञ्चार माध्यमसग सहकार्य गर्दै अघि बढ्ने क्रममा सुनकोसी गाउँपालिकाले सधै आफुलाई अग्र स्थानमा राख्ने गरेको छ । सुनकोसी गाउँपालिकाको आर्थिक वर्ष २०७५/७६ को बजेट, निति तथा कार्यक्रमको शुक्रबार नै एक कार्यक्रमका बिच सार्वजनिक पनि गरिदै छ ।