नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाको स्थानीय तहमा जाने मेगा दोश्रो

मनोज भट्टराई , असार २७ खिजिदेम्बा । ओखलढुङ्गाको खिजीदेम्वा गाउँपालीकामा मेगा बैंकले आफ्नो सेवा बिस्तार गरेको छ । जिल्लाकै दुर्गम तथा बिकट क्षेत्र भनेर चिनीने गाउँपालीकामा मेगा बैकले आफ्नो सेवा बिस्तार गरेको हो । खिजीदेम्वामा गाउँपालीका भरिका सबै सरकारी कामकाजको समेत अख्तियारी पाएको बैंकको शाखा मंगलबार उद्घाटन गरिएको छ ।

ग्रामीण क्षेत्रका ग्राहकहरुलाई सहज रूपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले शाखा विस्तार गरिएको बैंकका मेनेजर सुमन रिजालले जानकारी दिनुभयो । नेपाल सरकारवाट ‘क’ वर्गको मान्यता प्राप्त मेगा बैंकले आफ्नो १०५ औं शाखाका रुपमा खिजीदेम्वा गाउँपालीकाको केन्द्र खिजीफलाटे बजारमा बिस्तार गरेको हो ।

मेगाको यो शाखाबाट अवका दिनमा खिजीदेम्वा गाँउपालीकामा हुने सबै कारोवार उपलब्ध गराउने बैंकले जनाएको छ । ओखलढुङ्गामा स्थानीय तहमा काम गर्ने गरि शाखा विस्तार गर्ने मेगा बैक दोश्रो बैंक हो । यस अघि मोलुङ गाउँपालीकामा सनराईज बैकले आफ्नो शाखा बिस्तार गरेको थियो । खिजिदेम्वामा मेगाले शाखा विस्तार गरे सगै ओखलढुङ्गाको आठ स्थानीय तहमध्ये ४ स्थानीय तहमा बैंकहरुले आफ्नो शाखा विस्तार गरेका छन् ।

नेपालको संघिय संरचना लागू भैसकेपछि २०७५ साल असार मसान्त सम्म सबै स्थानीय तहमा बैंकहरुले आफ्नो शाखाको विस्तार गर्ने प्रतिबद्धता जनाएका थिए । जिल्लाका लिखु, चम्पादेवी, सुनकोशी र चिशंखुगढीमा अझै बैकको शाखा विस्तार हुन सकेको छैन । यी स्थानीय तहमा बैंकको विस्तार नहुदा स्थानीयहरुले सास्ती भोगी रहनु परेको छ ।

बैँक स्थापनामा सुरु देखि सहयोग पुराउनु हुने पोकली निवासि वुद्दिमान ढुँगाना र बैक स्टाफ रवि महर्जन लगायत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग पुराउने सम्पूर्णलाई गाउँपालीकाले धन्यवाद समेत ज्ञापन गरेको छ । खिजीदेम्वामा बैंकको शाखा स्थापना भएपछि अब सबै कारोबार गाउँपालिकाको केन्द्रबाट हुने भएकाले सहज भएको गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले बताए । गाउँमै बैंकिङ सेवा पाउने भएपछि स्थानीय खुसी भएका छन् । यसअघि बैंक नहुँदा ससना कारोबार गर्न पनि तिन दिन लगाएर सदरमुकाम धाउनु पर्ने खिजीदेम्वा बासीको बाध्यता थियो ।