नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

मृगौला पिडीत भुजेललाई युके सोसाईटीको अार्थीक सहयोग

ओखलढुङ्गान्युज, असार २५ ओखलढुङ्गा । ओखलढुङ्गाका मृगौला पिडीतलाई एक सामाजिक संस्थाले ४ लाख रकम आर्थिक सहयोग गरेको छ । रुम्जाटार युके सोसाइटीले दुवै मृगौला फेल भएका सन्तोष भुजेललाई उपचारका लागि आर्थीक सहयोग गरेको हो । भुजेलेको अहिले भक्तपुरमा उपचार भइरहेको छ ।

बैदेशीक रोजगारका शिलशिलामा कतारमा पुगेका सिद्धिचरण नगरपालिका ४ रुम्जाटारका भूजेलको दुबै मृगौला काम नगर्ने भएपछि नेपाल फर्कीएका थिए । नेपाल फर्किएपछि पनि पैसा अभावका कारण उनको उपचार हुन सकेको थिएन । पैसा अभावमा भौतारी रहेका भुजेलको उपचारका लागि सोसाइटीले ४ लाख ८ हजार ६ सय ७२ रुपैंया आर्थिक सहयोग गरेको हो ।

कामको शिलशिलामा बिरामी भई स्वदेश फर्किएका भुजेलको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि दाताहरुसग उनले सहयोगका लागि अपेक्षा गरेका थिए । त्यसपछि कामका शिलशिलामा विदेशमा रहेका रुम्जाटारका नागरिकहरुले उठाएको सहयोग रकम वडा कार्यालय मार्फत भुजेलको परिवारलाई हस्तान्तरण गरिएको वडा सदस्य प्रकाश कट्वालले जानकारी दिनु भयो । रुम्जाटार युके सोसाइटी रुम्जाटारबाट रोजगारीको शिलशिलामा बेलायत गएका रुम्जाटारेलीको सामाजिक संस्था हो ।