नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

काम नगर्ने र असहयोग गर्ने कसैलाई छुट हुन्न

विवेश श्रेष्ठ, असार २० ओखलढुङ्गा ।  १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले बहाना बनाएर काम नगर्ने र सरकारलाई असहयोग गर्ने कसैलाई छुट नहुने  बताउनु भएको छ । पछिल्ला दिनमा गलत कृयाकलाप बढेको भन्दै विभिन्न बहानावाजी गरेर नागरिकको काम नगर्ने र काम चोरलाई छुट नदिने बताउनु भयो । ओखलढुङ्गाको सिद्धिचरण नगरपालीकाको दोश्रो नगरसभालाई मंगलबार संबोधन गर्दै राईले यस्तो बताउनुभएको हो । प्रदेशका मुख्यमन्त्री राई मंगलवार ओखलढुङ्गाका विभिन्न कार्यक्रमहरुलाई सम्बोधन गर्न ओखलढुङ्गा आईपुग्नु भएको हो ।

मुख्यमन्त्री राईले नगरसभालाई संबोधन गर्दै संघीयता भनेको विकास र समृद्धिको आधार भएको पनि बताउनु भयो । सम्बोधनका क्रममा मुख्य मन्त्री राईले संघियता पछिको कृयाकलाप पहिलो अनुभव भएकाले संघीयतामा अलमल जस्तो देखिएपनि संघीयताबाटै गाउँको समृद्धि संभव हुने बताउनु भयो ।

प्रदेश नं. १ अनतर्गत ओखलढुङ्गा र भोजपुर विकासका दृष्टिकोणले पछाडी रहेको भन्दै मुख्यमन्त्री राईले शून्यबाट शुरु गरेर समृद्ध प्रदेश बनाउने राजमार्गमा प्रदेश सरकारले पहिलो पाइला चालेको बताउनु भएको छ  । जननिर्वाचित जनप्रतिनिधीहरुले जनताका भावनामा जोडिएर विकास निर्माण र बजेट बनाउनु पर्ने बताउदै यसले मात्रै विकास समृद्धिमा नागरिकलाई जोड्न सक्ने बताउनु भयो  ।

त्यस्तै नगरसभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री जिवन कुमार घिमिरेले जनप्रतिनिधी भै सकेपछि आफ्ना के खाने, के नखाने, के गर्ने तथा के नगर्ने भन्ने हरेक कुराको विचार पु¥याउनु पर्ने पनि बताउनुभयो । नगरसभालाई सम्बोधन गर्दै मन्त्री घिमिरेले जनप्रतिनिधीले गर्ने गतिबिधिवाट पाँच वर्ष सम्म त सत्तार सरकारमा टिक्न सकिने तर नागरिकको नजरवाट छ महिनामा नै गिर्ने भएकोले सजग भएर काम गर्न जनप्रतिनिधीलाई अनुरोध गर्नुभयो ।

पदिय हैसियतलाई कायम राख्न ख्याल गर्दै विकास निर्माणको काममा समेत म म भनेर जनप्रतिनिधी चल्न सके पाँचवर्षमा ओखलढुङ्गा लगायत प्रदेश नं. १ र राज्यले पनि अभूतपूर्व कामको स्थापना गर्न सकिने बताउनुभयो । जनमुखी नीति तथा कार्यक्रम प्रस्तुत गरेर कार्यान्वयन गर्न चुनौती भएपनि नगरसभाले प्रस्तुत गरेका नीति तथा कार्यक्रमलाई १०० प्रतिशत पुरागर्न नगरसभा सफल बनोस भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।

जिल्ला सदरमुकाम ओखलढुङ्गा आईपुगे लगत्तै नगरसभालाई सम्बोधन गर्नुअघि जिल्ला प्रशासन कार्यालयमा पुगेर विकास र समृद्धिको नागरिकको चाहानालाई पुरा गर्ने काममा जुट्न सबै कार्यालय प्रमुखहरुलाई निर्देशन समेत दिनुभयो । अब सरकार परिवर्तन कहिले हुन्छ भनेर नअलमलिन कर्मचारीहरुलाई आग्रह गर्दै मुख्य मन्त्री राईले बहाना बनाएर भाग्ने कर्मचारी र जनप्रतिनिधी कसैलाई छुट नहुने पनि बताउनु भयो । मंगलबार नै बिहान मुख्य मन्त्री राईले मानेभञ्ज्यांग गाउँपालिका पुगेर गाउँपालिकाका जनप्रतिनिधीसँग अन्र्तक्रिया गर्नु भएको थियो ।

मुख्यमन्त्री राई प्रतिनिधीसभाका सदस्य यज्ञराज सुनुवार र प्रदेशसभाका सामाजिक विकास मन्त्री जिवन कुमार घिमिरेलाई लिएर ओखलढुङ्गा आईपुग्नु भएको हो । नगरसभामा ओखलढुङ्गा जिल्ला प्रदेशसभा ‘क’ का सांसद अमिरबाबु गुरुङ र प्रदेशसभा ‘ख’ का सांसद मोहन कुमार खड्का पनि सहभागी भएका थिए ।