नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

उद्योग बाणिज्य संघका सचिबकै स्टोरमा म्याद गुज्रेका सामान

ओखलढुङ्गान्युज, असार ८ ओखलढुङ्गा । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा विहिवार ओखलढुङ्गा सदरमुकाममा बजार अनुगमन गरीएको छ । बजारमा अत्याधिक मात्रामा म्याद गुज्रेका समान भेटीएको भन्ने सरोकारवालाको गुनासो बढ्दै जादा सदरमुकाम क्षेत्र सिद्धिचरण नगरपालिकामा बजार अनुगमन गरीएको हो । सदरमुकाम क्षेत्र ओखलढुङ्गामा जिल्ला प्रसाशन कार्यलयद्धारा सदरमुकामका तिन स्थान बाट सुरु गरेको बजार अनुगमनमा म्याद गुज्रेका समान तथा घरेलु रक्सी बरामद गरीएको छ ।

अनुगमनका क्रममा उद्योग बाणिज्य संघ ओखलढुङ्गाका सचिव निवन्ध श्रेष्ठको कार्यसिद्धि स्टोरबाट सबै भन्दा बढी ३ कार्टुन पोटेटो कुरमुरे तथा १४ बोरामा १० हजार ६४ प्याकेट पेनिङ कुरमुरे लगायतका सामाग्री जफत गरिएको छ । जफत गरिएको म्यादगुज्रेका अखाद्य समाग्री जफत गरी नष्ट गरीएको छ ।

रमाईलो डाडाको २० होटल तथा पसलमा छापामार्दा १५० लिटर भन्दा बढि घरेलु रक्सी, रक्सी बनाउन प्रयोग गरीने कच्चा पदार्थ बरामद गरी नष्ट गरीएको छ । जिल्लामा तिन स्थानमा गरीएको अनुगमनमा जिविस टोलमा ३५ पसल तथा होटलमा अनुगमन गर्दा म्याद गुज्रेका पेय पदार्थ तथा कुरमुरे भेटीएको र मिलन चोकमा पनि म्याद गुज्रेका समान जफत गरी नष्ट गरीएको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो ।