नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

मानेभञ्ज्याङ्गमा आधारभूत पत्रकारिता तालिम

ओखलढुङ्गान्युज, असार ७ ओखलढुङ्गा । ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिकामा आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । मानेभञ्ज्याङ्ग गाउँपालिकाको आर्थिक सहयोग र भिमसेनस्थान युवा क्लबको आयोजना जनजाति समुदायका युवा युवतीहरुलाई पाँच दिने आधारभूत पत्रकारिता तालिम दिइएको हो ।

तालिममा मानेभञ्ज्याङ्ग गाँउपालिकाका १७ जना प्रशिक्षार्थी सहभागी भएका थिए । तालिममा सहभागी भएकाहरुलाई कान्तिपुर दैनिकका उप–सम्पदाक कुम्भराज राई र नेपाल पत्रकार महासंघ ओखलढुङ्गा शाखाका कार्यबाहक अध्यक्ष एवम् अनलाईन तथा उज्यालोकर्मी शिव ढुंगानाले सहजीकरण गर्नुभएको थियो ।

तालिमको उद्घाटनसत्रलाइृ सम्बोधन गर्दै मानेभञ्ज्याङ्ग गाउँपालिकाका अध्यक्ष मोतिराज राईले पत्रकारिता क्षेत्रलाई चौथो अंग मात्र नभइ विकासका साझेदारका रुपमा पनि आफ्नो गाँउपालिकाले लिएको बताउनुभयो । आगामी दिनहरुमा जिल्लाका सञ्चारमाध्यमहरुलाई पनि गाँउपालिकाको विकासका लागि साझेदार संस्थाको रुपमा लिदै हरेक कृयाकलापमा साझेदारी गर्दै अघि बढ्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

स्थानीय स्तरमै पत्रकारहरुको उत्पादन गर्ने र गाउँका समाचारलाई सञ्चारमाध्यमसम्म पुर्याउने उद्देश्यका साथ तालिमको आयोजना गरिएको आयोजकले जनाएको छ । तालिम असार १ देखी ५ गते सम्म सञ्चालन भएको थियो ।