नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

सपोर्ट माई स्कूलको बिद्यालयलाई शैक्षिक सामाग्री हस्तान्तर

ओखलढुङ्गान्युज, असार ४ ओखलढुङ्गा ।  सामाजिक सञ्जालमा सपोर्ट माई स्कूलको नामवाट उठेको शैक्षिक सामाग्री ओखलढुङ्गाको एक विद्यालयलाई हस्तान्तरण गरिएको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नं. २ को आरुभञ्ज्यांग आधारभुत बिद्यालयलाई आज एक कार्यक्रमका बिच शैक्षिक सामाग्रही हस्तान्तण गरिएको हो । सामाजिक संजालको माध्ययमबाट उठेको रकमवाट र अन्य सामाग्री समेत गरि बिद्यालयलाई ६ लाख बराबरको सामान विद्यालयलाई हस्तान्तरण गरीएको हो ।

सुनकोशी गाउँपालिका २ साविकको बलखुका बिनोद तामाङले दुवईबाट सामाजिक सञ्जालमा सपोर्ट माईस्कुल भन्ने अभियान चलाएका थिए । तामाङले सञ्चालन गरेको अभियानमा बलखुवाट बैदेशिक रोजगारमा गएका युवाहरुले साथ दिएका थिए । अभियानको सुरुमा आफैले १५ हजार रुपैंया घोषणा गरी सुरु गरेका तामांगले अप्ठ्यारो हुदाहुदै पनि आफु सफल भएको बताए ।

अभियानबाट बिद्यालयलाई आधुनिक फलामको डेक्स बेन्च ४० जोर, २ सय विद्यार्थीलाई शैक्षिक सामाग्री, ८ वटा ह्वाइट बोर्ड, ८ डस्टर, जेहेन्दार तथा गरिव ६ जना विद्यार्थीलाई विद्यालयको पोषाक समेत बितरण गरीएको छ । युवाहरुको यहि अभियान अन्तर्गत राष्ट्रिय खेलकुद परिषदबाट प्राप्त भएको खेलकुदका सामाग्री भलिबल सेट, फूटबल, ब्याटमिन्टन सेट सुनकोशी मावि र आरु भञ्ज्याङ आधारभूत विद्यालयमा वितरण गरिएको छ ।

सामाग्री हस्तान्तरण गरिएको विद्यालयमा १ सय ५३ बिद्यार्थीलाई स्थायी तथा अस्थायी गरि ७ जना शिक्षकले अध्यापन गराईरहेका छन् । बिद्यालयमा अहिले पनि भवन अभाव भई रहेको र एउटै कक्षामा दुई सेसन गरी पढाउनु पर्ने बाध्यता रहेको बिद्यालयका प्रधानाध्यापक केज नारायण चौधरीले बताए । सामाजिक सञ्जालको माध्यमवाट आर्थिक तथा भौतिक सामाग्री संकलन गरि विद्यालयलाई हस्तान्तरण गर्दै युवाहरुले नमूना कामको सूरुवात गरेका छन् । अभियानवाट आफुहरुलाई थप हौसला मिलेको भन्दै आगामी दिनहरुमा पनि अभियान जारी राख्दै थप अन्य विद्यालयहरुलाई पनि सहयोग गर्ने तामाङले जानकारी दिए ।