नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

चम्पादेबीका प्रमुख प्रसासकीय अधिकृतले अनियमितता गरेको आरोप

ओखलढुङ्गान्युज, असार ३ ओखलढुङ्गा । चम्पादेवी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद दाहाललाई किर्ते गरी रकम दुरुपयोग गरेको आरोप लागेको छ । चम्पादेवी गाउँपालिका वडा नं. ६ अन्तर्गत हिटि–चप्लेटि मोटरबाटोको शीर्षक बनाएर व्यक्तिगतरुपमा निजि लगानिमा खनेको मोटरबाटोलाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले नक्कली बिल भर्पाइ गरी रकम निकासा गरेको भन्ने आरोप लागेको हो ।

प्रमुख प्रशासकीय अधिकृत दाहालले रकम हिनामिना गरेको भनिएको सडक निजी लगानीमा खनीएको बताईएको छ । मोटरबाटो खन्ने ध्रुबराज घिमिरेले आफुले निजी लगानीका सडक खनेको भएपनि प्रमुख प्रसाशकीय अधिकृतले कागज मिलाएर रकम निकासा गरी भ्रष्टचार गरेको बताए । आफुले निजि लगानिमा आफ्नो घरसम्म लानको लागि १०० मि. बाटोलाई प्रमुख प्रशासकीय अधिकृत दाहालले ६००मि. सडक खनेको भनि रकम निकासा गरेको आरोप समेत लगाउनु भयो । दाहालले वडा अध्यक्ष तिलक खडकालाइ समेत जानकारी नगराई सडकको मुल्यांकन गराएर रकम हिनामीना गरेको स्थानीयले आरोप लगाएका छन् ।

निजी लगानीमा १०० मिटर सडक खनिएको भए पनि सडकको मुल्यांकन ६०० मिटर गरी रु २ लाख ५० हजार रुपैयाँ रकम निकासा गरी हिना मिना गरेको पाईएको छ । उक्त बिषयमा वडा अध्यक्ष तिलक खड्कासग बुझ्दा सम्बन्धित वडाको अध्यक्षको उपस्थितिमा नागरिक भेला गराइ उपभोक्ता समिति निर्माण गर्नुपर्नेमा आफुलाइ थाहा नदिइ कागज पत्र मिलाएर भ्रष्टाचार गरेको बताए ।

यस विषयमा गाउँपालीकाका प्रसाशकीय अधिकृत दाहालसंग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन समेत चाहेनन् । कर्मचारीले यसरी भ्रष्टाचार गरेका कारण स्थानीय तहको बदनाम हुने भएको हुँदा आफुहरु कानुनी प्रकृयामा जाने चम्पादेवी ७ का वडा अध्यक्ष सुरेश कुमार थापाले वताए । स्थानीय तहमा भ्रष्टचार फष्टाएको भन्दै संवन्धीत निकाय संग कारबाहीको माग गरीएको वडा अध्यक्ष थापाले जानकारी दिए ।