नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

ओखलढुङ्गामा टोलटोलमा प्रहरी कार्यक्रम सुरु

ओखलढुङ्गान्युज, अशार २ ओखलढुङ्गा । नेपाल प्रहरीले प्रदान गर्ने सेवालाई थप जनमैत्री बनाउने उद्धेश्यले ओखलढुङ्गामा प्रहरीले ‘टोल–टोलमा प्रहरी’ अभियान सुरु गरेको छ । शान्ति सुरक्षामा नागरिकको सहभागिता र प्रहरी–समुदाय बिचको विश्वास बढाउन उद्धृेश्यले अभियान सुरु गरिएको हो । अभियानबारे शुक्रबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । 

जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले पहिलो चरणमा सिद्धिचरण नगरपालिका र क्रमशः जिल्लाका सबै वडा र टोलटोलमा टोल सुधार समिति समेत निर्माण गर्ने भएको छ । टोल सुधार समितिले सामजिक मेलमिलाप कायम गरी अपराध न्यूनिकरणमा सहयोग पुराउने जिल्ला प्रहरी प्रमुख अनन्तराम शर्माले बताउनुभयो ।

स्थानीय स्तरमा रहेका सामाजिक संघ संस्थाहरु, आमा समूह, क्लवका प्रतिनिधी सहितको टोल सुधार समितिले प्रहरीसंगको सहकार्यमा काम गर्नेछ । पत्रकार सम्मेलनमा अपराधिक घटनापछिको समाधानका लागि भन्दा पनि घटना अघिकै समाधानका लागि नागरिक र प्रहरीबिचमा सहकार्य आवश्यक रहेकोमा ओखलढुङ्गा प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले जोड दिनुभयो । 

पत्रकार सम्मेलनकै क्रममा अभियानबारे अन्तरक्रिया समेत गरिएको थियो । अन्तरक्रियामा सहभागि सञ्चारकर्मीहरुले अभियान निरञ्तर सञ्चालन गर्न र लक्षित वर्गमाझ पुराउन सुझाव दिएका छन् । यस अघि प्रहररीले अघिसारेका  प्रहरी मेरो साथी, स्कुल प्रहरी, गाँजा तथा घरेलु मदिरा नियन्त्रण अभियान धेरै महत्वपूर्ण भएपनि केही समयमै हराएको भन्दै निरञ्तरताका लागि सुझाएका हुन् ।

प्रहरीले नगरपालिकाको एउटा वडालाई तीन वटा टोलमा विभाजन गरेर कार्यक्रम सञ्चालन गर्ने योजना तय गरेको छ । त्यसमा दुई वटा टोल बराबर एक प्रहरी पुग्नेछन् । टोलटोलमा प्रहरी  कार्यक्रम कार्यान्वयन सगै नागरिक र प्रहरीको सम्बन्ध सुमधुर हुने र अपराधीहरूलाई अपराध गर्नवाट निरुत्साहित गर्नका साथै जघन्य अपराध गर्ने अपराधी उम्कनबाट बञ्चित हुने समेत बताए प्रहरीले बताएको छ ।  गृहमन्त्रालयको निर्देशनमा जिल्ला प्रहरी कार्यालय र सामुदायिक प्रहरी सेवा केन्द्रको सहकार्यमा टोलटोलमा प्रहरी कार्यक्रम सुरु भएको हो ।