नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

हर्कपुरका भूकम्प विस्थापितलाई लालपुर्जा हस्तान्तरण

विवेश श्रेष्ठ, असार १ प्राप्चा । भूकम्पवाट पिडित १२ घरधुरी परिवारलाई स्थानान्तरणका लागि नेपाल सरकारको सहयोगमा घर बनाउनका लागि जग्गा उपलब्ध गराईएको छ । नेपाल सरकारको तर्फवाट खरिद गरिएको जग्गालाई विहिबार एक कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि तथा विशेष अतिथिहरुले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

भूकम्पवाट पिडित हर्कपुर केराबारीका १२ घरधुरीका संयुक्त परिवारलाई जग्गा हस्तान्तरण गरिएको हो । नेपाल सरकारको तर्फवाट खरिद गरिएको जग्गाको जग्गाधनीपूर्जालाई माननिय सांसद यज्ञराज सुनुवार, राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई ओखलढुङ्गाका प्रमुख विजयमुनी बज्राचार्य र जिल्ला मालपोत अधिकृत कुल प्रसाद दाहालले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको हो ।

जग्गाधनी पूर्जा हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद सुनुवारले जग्गादाताहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । घरनिर्माणका लागि जग्गा पनि प्राप्त भैसकेकोले अब छिटो भन्दा छिटो घरको निर्माण गरि घरभित्र बस्न सक्ने अवस्थाको सृजना गर्न सांसद सुनुवारले सबैपक्ष सग आग्रह गर्नुभयो ।

कसैको जग्गा भएर घर निर्माण भै रहेको छैन त कतिपयको घर बनाउने जग्गा नभएका कारण भूकम्प प्रतिरोधी घर बनाउन सकि रहेका छैनन् । भूकम्पका कारण विस्थापित भएका तर भूकम्प प्रतिरोधी घर बनाउन जग्गा नभएकाहरुलाई वस्ती स्थानान्तरण गरि जग्गा उपलब्ध गराउने कार्यको ओखलढुङ्गामा प्राप्चावाट नै सुरुवात भएको बताउदै सांसद सुनुवारले भन्नुभयो, ‘चाडै नै जिल्लाका अन्य स्थानका प्रभावितहरुलाई पनि जग्गा हस्तान्तरण कार्य हुदैछ, अब भूकम्प प्रतिरोधी घर निर्माणको कार्य छिटो सकाउनुपर्छ ।’

ओखलढुङ्गामा भूकम्पका कारण वस्ति नै विस्थापित हुदा १ सय ४८ घरधुरी विस्थापित भएको सूचि प्राप्त भएको राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई ओखलढुङ्गाका प्रमुख विजयमुनी बज्राचार्यले बताउनुभयो । बस्ती नै सारेर परिवारहरुलाई राख्ने अर्को सुरक्षित स्थानको जग्गाको खोजी कार्य भैरहेको बताउदै प्रमुख बज्राचार्यले जग्गा प्राप्त हुनासाथ प्रकृया पु¥याएर बाकीलाई पनि जग्गा प्रदान गरि घर निर्माणको प्रकृया अघि बढाईने बताउनुभयो । विस्थापित अन्य स्थानका परिवारका लागि पनि प्रकृया अघि बढि सकेको भन्दै पहिलो चरणमा मोलुङ गाउपालिकाका १२ घरपरिवारलाई जग्गाधनीपूर्जा वितरण गरिएको बज्राचार्यले बताउनुभयो ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई ओखलढुङ्गाका सामाजिक विकास विज्ञ सुनिता अधिकारीले जिल्ला भर विस्थापित भनिएका अन्य घरधुरीहरुको पनि प्रकृया सूरुभएको बताउनुभयो । केही गाउँपालिकाका विस्थापितहरुको सन्दर्भमा भने गाउँपालिकासग समन्वय हुन नसक्दा समस्या भएको बताउनुभयो । समस्या भएका गाउँपालिकाहरु सग समन्वय गर्दै बाकी पिडितहरुलाई पनि जग्गा उपलब्ध गराउदै घरनिर्माणको कार्यलाई तिब्रगतिमा अघि बढाईने पनि अधिकारीले बताउनुभयो ।

भूकम्प पिडितहरुका लागि एकै स्थानमा बस्न बस्ती मिल्ने गरि एकै स्थानमा जग्गा उपलब्ध गराएको भन्दै जग्गादाता केशव प्रसाद फुयल र गुरु प्रसाद फुयललाई अतिथिहरुले खादा ओढाएर सम्मान समेत गर्नुभएको थियो । फुयालद्वयले भूकम्प पिडितहरुको लागि बस्ती स्थापना गर्न २४ लाख रुपैयामा ५ रोपनी जग्गा उपलब्ध गराएका छन् ।

ओखलढुङ्गामा २०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण जिल्लाका विभिन्न स्थानका १ सय ४८ घरधुरीलाई अर्को स्थानमा स्थानान्तरण गर्नु पर्ने भूगर्भविदहरुले बताएका छन् । विस्थापित भनिएका घरधनीहरु मध्ये केहीको अन्य स्थानमा पनि घर भएको, नाम दोहोरोमा परेको भन्ने आएकोले त्यसको पहिचानको काम भैरहेको पनि राष्ट्रिय पूननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन ईकाई ओखलढुङ्गाले जनाएको छ ।