नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

विश्व वातावरण दिवसमा ओखलढुङ्गामा वृक्षा रोपण

ओखलढुङ्गान्युज, जेठ २२ ओखलढुङ्गा । विविध कार्यक्रमका साथ ओखलढुङ्गामा पनि विश्व वातावरण दिवस सम्पन्न भएको छ । वातावरण दिवसको अवसरमा जिल्ला वन कार्यालयको आयोजनामा विभिन्न प्रजातीका वोटविरुवाहरुको वृक्षारोपण समेत गरिएको छ ।

वातावरण दिवस कार्यक्रममा विगतका झै कुनै भाषणका कार्यक्रमहरुको भने आज आयोजना गरिएन । जिल्ला वन कार्यालयको परिसरमा कागती, सुन्तला, सुगन्धित धुपी लगायतका जातका ५० थान विरुवाको रोपण गरिएको जिल्ला वन अधिकृत विरेन्द्र शाहले बताउनुभयो ।

विहानै वृक्षा रोपण सम्पन्न भएपछि दिउसो जिल्ला सदरमुकाम स्थित सगरमाथा जनता माद्यमिक विद्यालय वरपर सरसफाई पनि गरिएको थियो । सरसफाइ पश्चात सिद्धिचरण नगरपालिकामा रहेका माद्यमिक विद्यालयहरुलाई समेटेर हाजिरी जवाफ कार्यक्रमको आयोजना गरिएको थियो ।

नगरपालिकामा रहेका सामुदायीक तथा निजी विद्यालय गरी सात विद्यालयले सहभागीता जनाएको हाजिरी जवाफ प्रतियोगितामा सगरमाथा जनता माद्यमिक विद्यालय प्रथम, लालि गुराँस अंग्रेजी माद्यमिक विद्यालय दोश्रा र पुण्यमाता माद्यमिक विद्यालय तेश्रा भएका थिए ।

विजयी विद्यार्थीहरुलाई जिल्ला वन कार्यालयको तर्फवाट पुरस्कार स्वरुप अक्सफोर्ड डिक्सनरी बुक उपलब्ध गराईएको सहायक वन अधिकृत जमान सिं लामाले जानकारी दिनुभयो । वातावरण दिवस कार्यक्रमलाई जिल्लामा रहेका अन्य केही सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले पनि सहयोग गरेका थिए ।