नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

साबधान ! नेपालमा फेरी भूकम्प

ओखलढुङ्गान्युज, जेठ २२ काठमाण्डौं ।
मंगलवार विहानै बाजुरामा भूकम्प गएको छ । भूकम्पका कारण कहाँ कती क्षती भयो भन्ने बारेमा अहिले सम्म कुनै क्षतीको विवरण भने आएको छैन । भूकम्पको धक्का महसुस गरिएको भएपनि यो समाचार तयारी गर्दासम्म कुनै क्षतीको जानकारी नआएको प्रहरीले जनाएको छ।

प्रदेश नम्बर ७ का बैतडीसहित अन्य पहाडी जिल्लामा मंगलबार बिहान भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिस्टेन्ट तिर्थ दाहालका अनुसार बिहान ७ बजेर १९ मिनेटमा बाजुरा केन्द्रबिन्दु भएर ४ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो ।

बाजुरा र हुम्लाको सीमाक्षेत्र उत्तर जंगलतिर केन्द्रबिन्दु भएर गएको भूकम्पको बैतडी, दार्चुला, बझाङ, बाजुरालगायतका आधा दर्जन भन्दा बढि जिल्लामा धक्का महसुस गरिएको थियो ।