नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गालाई यो वर्षको बजेट पौने २ करोड

ओखलढुङ्गान्युज, जेठ २० ओखलढुङ्गा  । यस आर्थिक वर्षका लागि ओखलढुङ्गाले पौने दुई करोड बजेट पाउने भएको छ । नेपाल सरकारले ओखलढुङ्गा जिल्लाको आर्थिक वर्ष २०७५/७६ का लागि झन्डै पौने दुई अर्ब बजेट विनियोजन गरेको हो ।

ओखलढुङ्गाको आठ स्थानीय तहका लागि एक अर्ब ७२ करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । ओखलढुङ्गामा बजेट पाउने स्थानीय तहहरु मध्ये सिद्धिचरण नगरपालिका पछि सबै भन्दा बढि मानेभञ्ज्याङ्ग गाउँपालिकाले बजेट पाउने भएको छ भने सबैभन्दा कम बजेट पाउनेमा लिखु गाउँपालिका बनेको छ । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाको लागि ३३ करोड ३६ लाख विनियोजन भएको छ ।

मानेभञ्ज्याङ गाउँपालिकाका लागि २२ करोड ५७ लाख पाउने भएको छ भने सबैभन्दा कम बजेट पाउने लिखु गाउँपालिकाका लागि १६ करोड ६६ लाख बजेट बिनियोजन भएको छ । खिजिदेम्बा गाउँपालिकाका लागि १८ करोड ९ लाख, चम्पादेबी गाउँपालिकाका लागि १९ करोड ६४ लाख रुपैयाँ विनियोजन गरेको छ। त्यस्तै, चिशंखुगढी गाउँपालिकाका लागि २० करोड ३६ लाख, मोलुङ गाउँपालिकाका लागि १९ करोड ९ लाख र सुनकोशी गाउँपालिकाका लागि २१ करोड ६ लाख रुपैयाको बजेट बिनियोजन गरिएको छ ।

ओखलढुङ्गामा एक नगरपालिकासहित ७ गाउँपालिका रहेको छ । सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि बजेट सार्वजनिक गरेसँगै सबैक्षेत्रमा चर्चा भैरहेको छ । ओखलढुङ्गामा गत वर्षको तुलनामा एक अर्ब ३८ करोड २० लाख रुपैयाँ बजेट कम विनियोजन गरिएको छ।