नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रविधिको दुरुपयोगले ओखलढुङ्गामा बाल विवाह र महिला हिंसा बढ्यो

मनोज भट्टराई, जेठ १८ ओखलढुङ्गा । पछिल्लो समय ओखलढुङ्गामा बालविबाह र महिला हिंसाका घटनामा बृद्धि भएको छ । बालविवाह र महिला हिंसाका घटनामा बृद्धि हुनुलाई सामाजिक सञ्जालको दुरुपयोगको कारणका रुपमा लिईएको छ । सञ्चार क्षेत्रको विकास भएसँगै पछिल्लो समयमा ओखलढुङ्गाको ग्रामीण क्षेत्रमा पनि नागरिकको हातहातमा मोबाइल फोन, इन्टरनेट सेवा पुगेको छ । यीनै सञ्चार र प्रविधिको दुरुपयोगले पछिल्लो समय जिल्लामा बालविवाह र महिला हिंसाका घटना बढ्दै गएका छन् ।

 मोबाइल फोन, इन्टरनेट लगायतका प्रविधिको दुरुपयोगले ओखलढुङ्गामा बालविवाह चुनौतीपूर्ण बन्दै गएको महिला तथा बालबालीका कार्यालय ओखलढुङ्गाका सुचना अधिकृत सरीता तामांगले बताउनु भयो । तामाङका अनुसार मोबाइल फोन र इन्टरनेटले ओखलढुङ्गाका किशोर किशोरीमा उमेर नपुग्दै भागेर बिहे गर्ने प्रवृत्ति बढेको छ । यसले गर्दा बालविवाह कम गर्न समेत चुनौती थपिएको तामांगको भनाइ छ ।

 मोबाइल तथा इन्टरनेटको दुरुपयोगले बालबालिकाको पढाइमा समेत असर पारेको महिला अधिकार कर्मी पेमाडोमा शेर्पाको भनाई छ । ‘इन्टरनेट र मोबाइलको दुरुपयोगले बालविवाह, महिला हिंसा मात्रै नभएर मानव बेचबिखन जस्ता जघन्य अपराध समेत हुने गरेको  उहँले बताउनु भयो ।’ हिंसामा परेको धेरैजसो महिलाहरु बालविवाह गरेको पाइएको शेर्पाले बताउनु भयो । सामाजिक संजाल फेसबुक र फोनमा कुरा गर्दै मायामा परेर उमेर नपुग्दै भागेर जाने चलन पछिल्लो समयमा बढ्दै गएको महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघ संस्थामा काम गर्नेहरु बताउँछन् ।

 प्रबिधिको बिकास संगै जिल्लामा सदुपयोग भन्दा दुरुपयोग बढेको प्रहरीले आँकलन गरेको छ । प्रहरी तथ्यांकमा फेसबुक र फोन कै कारण यती संख्या भन्ने तथ्याङ्क नभए पनि प्रबिधिको दररुपयोले धेरै अपराध भएका र प्रबिधि दुरुपयोले अपराधलाई वढुवा गरेको जिल्ला प्रहरी कार्यलय ओखलढुङ्गाका सुचना अधिकारी (ईन्सपेक्टर) निरन्जन भट्टराईले बताउनु भयो ।

 पछिल्लो समय ७, ८ कक्षा पढ्ने बिद्यार्थिको हातहातमा मोबाइल देखिन्छ । सञ्चार प्रविधिको दुरुपयोगले विभिन्न समस्या निम्तिन थालेपछि स्थानीय तहहरुले नितीगत रुपमै छलफल गरी अगाडी बढ्नु पर्ने खिजीदेम्वा गाउँपालीकाका अध्यक्ष बेदबहादुर रोकाको जोड छ ।

 बिद्यालयमा प्रबिधिको सदुपयोग गर्दा त बिद्यार्थीहरुको क्षमता पनि बृद्धिहुने हो, तर मोवाईल फोन प्रयोग गर्दै प्रबिधिको दुरुपयोग गरेका कारण यो शैक्षिक सत्र देखी बिद्यालयमा मोवाईल फोन प्रतिबन्ध लगाएको लिखु गाउँपालीका ५ मा रहेको यसम मावि यसमका प्रधानाध्यापक घनबहादुर काफ्लेको भनाई छ । उहाँले आफ्नो बिद्यालयमा प्रबिधि संवंन्धि कक्षा पनि संचालन हुने तर  बिद्यार्थीलाई भने मोवाईल फोनमा प्रतिबन्ध लगाएको र यदी बिद्यार्थीले मोवाईल फोन लिएर बिद्यालयमा प्रवेश गरेको भेटीएमा  फोन जफत गरी अभिभावकलाई बुझाउने गरेको बताउनु भयो ।

मोवाईल फोन दुरुपयोग गरी कतिपय बिद्यार्थीहरु सानो उमेर मै बिद्यालय छाडेर भागेका कारण ओखलढुङ्गाका कतिपय विद्यालयहरुले बिद्यार्थीलाई मोबाइल फोन बोक्नमा प्रतिबन्ध लगाउन थालेका छन् । कतिपय बिद्यालयहरुले त अभिभावकहरुलाई नै वोलाई कम्तिमा कक्षा १२ पास नगरुन्जेल मोवाईल फोन बोक्नलाई नदिन समेत आग्रह गरेका छन् ।