नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

भारतमा आँधीहुरीबाट दर्जनौंको मृत्यु

ओखलढुङ्गान्युज, जेठ १७ । भारतमा शोमबार दिउसो देखी मंगलवार बेलुका सम्म आएको आधीहुरीका कारण दर्जनौको मृत्यु भएको भारतिय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतमा आँधी र चट्याङका कारण ४७ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले मंगलबार जानकारी दिएको सञ्चारमाध्यमहरुले बताएका छन् । चट्याङसँगै भारी वर्षाबाट ठूलो मानवीय क्षति भएको हो ।

भारतको पूर्वी राज्य बिहारमा वर्षा र चट्याङका कारण १९ जनाको मृत्यु भएको झारखण्डका विपत् व्यवस्थापन कार्यालयले जनाएको छ । मृतकमध्ये अधिकांशलाई चट्याङ लागेको थियो । त्यसैगरी, घना जनसंख्या रहेको भारतको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपत् व्यवस्थापन विभागले जनाएको छ ।

भारतकै अर्को प्रदेश झारखण्डमा प्राकृतिक विपत्का कारण केही व्यक्तिको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्राकृतिक विपतका कारण ती स्थानहरुमा अन्य दर्जनौको संख्यामा हताहताहती भएको समेत सञ्चारमाध्यमहरुले जनाएका छन् । बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारमा रहेका बस्तीहरू प्रभावित बनेका छन् । भारत सरकारले प्रभावित राज्यका माझीहरूलाई सामुद्रिक क्षेत्रमा नजान अनुरोध गरेको छ ।