नेपाली समय Loading...२०८० चैत्र १६ शुक्रबार

ओखलढुङ्गाका पाँच कैदी छुटे

रामहरि श्रेष्ठ जेठ १६ ओखलढुंगा । तेह«ौं गणतन्त्र दिवसको अवसर पारेर नेपाल सरकारले विभिन्न अपराधमा कैद जिवन विताई रहेका ओखलढुङ्गा कारागारमा पाँच जना कैदीहरुको कैद भुक्तानी मिनाहा गरेको छ । जेल जिवन विताई रहेका र ६० प्रतिशत कैदी जिवन भुक्तानी गरिसकेका कैदीहरुको जेल जिवन मिनाहा भएको हो ।

गणतन्त्र स्थापना हुनुभन्दा अगाडी प्रजातन्त्र दिनवस अर्थात फाल्गुन ७ गते त्यस्ता कैदीहरुको जेल जिवनलाई मिनाहा गरि रिहा गर्ने प्रचलन थियो । गणतन्त्र स्थापना भएपश्चात गणतन्त्र दिवशको अवसरमा कैदीहरुको जेल जिवन मिनाहा गर्ने गरेको छ । सरकारले असल चालचलन भएका कैदीबन्दीहरुको कैद भुक्तानी मिनाह गर्ने परम्परा अनुसार नै जिल्ला कारागार ओखलढुङ्गाबाट पाँच कैदीबन्दीको बाकी कैदभुक्तानी मिनाह गरिएको हो ।

बाकीं कैदभुक्तानी मिनाह भई रिहा हुनेहरुमा सवारी ज्यान मुद्धाका ३, अंगभंगका एक र बहुबिबाहका एकजना रहेको जिल्ला कारागार ओखलढुङ्गाले जनाएको छ । अाेखलढुङ्गा कारागारका पाँचजना सगै देशैभरका ८ सय २४ जना कैदी वन्दि रिहा भएका हुन् ।

कैदमिनाह भई छुटकार पाउनेहरुमा सवारी ज्यान मुद्धाका प्रविन खड्का, प्रेम बहादुर थापा र राज तामाङ् रहेका छन् । त्यस्तै अंगभंग तर्फका सजिन्द्र राई र बहुविवाहका थुम बहादुर बुढाथोकी रहेका छन् ।