नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

सावधान ! फेसबुक र मेसेञ्जरबाट फैलँदै छ भाइरस

ओखलढुङ्गान्युज बैशाख ११ काठमाडौ ।
के तपाईको फेसबुक, म्यासेन्जरको वालमा तपाईंको नाम जोडिएर कुनै भिडियो लिङ्क पोष्ट देख्नुभयो ? साबधान यो भाईरस हुन सक्छ । यस्तो भिडियोरूपी भाइरस केही दिन यता फेसबुक व्यापक रुपमा मा फैलिएर फेशबुकका पारखीहरुलाई दुःख दिईरहेको छ ।

आफ्नो फेसबुक वालमा यस्ता लिङ्क देख्नुभएमा ख्याल गर्नुस । यस्ता लिङ्क असुरक्षित हुन सक्छन् । सामाजिक सञ्जालमा ह्याकरले फिसिङ, ह्याकिङ वा भाइरस फैलाउने उद्देश्यले यस्ता लिङ्क पठाउने गरेका छन् । पछिल्लो समयमा फेशबुक मार्फत आउने टेस्टेमोनी जस्तैः तपाईको बिहे को सग हुन्छ ? तपाईलाई कसले मार्न खोज्छ ? तपाईको पूर्व जन्ममा कसले हत्या गरेको थियो ? तपाईको कतिओटा बच्चा हुन्छ ? तपाईले कति धर्म र कति पाप गर्नुभएको छ ? जस्ता टेस्टेमोनीहरुको प्रयोग गरेर तपाईको व्यक्तिगत डाटा चोरी भैरहेको बारम्बार खबरहरु समेत प्रकाशन र प्रशारण भै रहेका छन् । तिनै लिंकहरुको डाटालाई प्रयोग गरि पछिल्लो समय ह्याकरहरुले सामाजिक सञ्जाल मार्फत भाईरस पठाईरहेको पाईएको छ ।

त्यसैले यस्ता भाईरसवाट सुरक्षित हुन यदि तपाईंको फेसबुकलगायतका सामाजिक सञ्जालका एकाउन्टमा यस्ता गतिविधि देख्नुभयो भने त्यस्ता लिङ्कमा क्लिक नगर्नुहोस् । यो सहि छ भन्ने नलागे सम्म यसलाई नखोल्नुस् । यस्ता लिङ्क क्लिक गर्दा तपाईंको फेसबुक, ट्वीटरलगायतका एकाउन्ट ह्याक हुन सक्छन् । तिनै सामाजिक सञ्जालबाट फेरी तपाईका अन्य आफन्तलाई विविध रुपमा भाईरस सम्प्रेषण हुन्छन् । जसले तपाईको टाउको दुःखाईको विषय त बन्छ नै तपाईको साथि वा आफन्तको पनि उती नै ।

त्यसैले यस्ताबाट बच्न निम्न सुरक्षाका उपाय अपनाउनुहोस् ः–
१. फेसबुकमा आउने यस्ता शङ्कास्पद लिङ्क वा भिडियो लिङ्क क्लिक नगर्नुस ।
२. मोबाइल, ट्याबलेट, ल्यापटपलगायतका डिभाइसमा एन्टिभाइरस राख्नुस ।
३. फेसबुकमा आएका लिङ्कबाट अनलाइन फाराम नभर्नुस । अनलाइन फाराम भर्नुपरेमा आधिकारिक वेबसाइटमा गएर मात्र भर्नुस ।
४. फेसबुकमा देखिने सामग्री आफूलाई शङ्कास्पद लागेमा रिपोर्ट गर्नुस ।
५. नियमित रूपमा फेसबुकको पासवर्ड परिवर्तन गर्ने गर्नुस ।
६. फेसबुकमा प्रयोग हुने एपहरूको प्रयोग गर्दा जहिले पनि सजग हुनुस ।

फेसबुकमा भविष्य बताउने, जोडी मिलाउने, व्यक्तित्व बताउने लगायतका विभिन्न एप उपलब्ध हुन्छन्, यी सबै एप सुरक्षित नहुन सक्छन् । त्यसैले यस्ता कुरामा विशेष ध्यान दिए सामाजिक सञ्जाल मार्फत भैरहेको भाईरस आक्रमणवाट हामी टाढै रहन सक्छौं ।