नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

ज्यामिरेमा बोलेरो दुर्घटना, चालक सहित आठ घाईते

विएन श्रेष्ठ, बैशाख ९ ओखलढुङ्गा
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामिरेमा बोलेरो गाडी दुर्घटनामा परेको छ । ओखलढुङ्गावाट मूलखर्क तर्फ जादै गरेको बा १५ च १५८९ नम्बरको बोलेरो गाडी दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालक सहित जना घाईते भएका छन् ।

दुर्घटनामा चालक सुनकोशी गाउपालिका साविकको मूलखर्क गाविस ८ पाराका केशर बहादुर थापा मगर पनि गम्भिर घाईते भएका छन् । सिद्धिचरण नगरपालिका वडा नं. ९ साविकको ज्यामिरे गाविस वडा नं. १ को बरभञ्ज्याङ्ग आधारभूत विद्यालय नजिक दुर्घटना भएको हो ।

ओखलढुङ्गावाट व्यापारीक सामान सहित ७ जना मान्छे बोकेर गएको बोलेरो उकालोमा चढ्न नसक्दा सडकमा नै पल्टीएको छ । सामान पनि धेरै रहेको र मान्छे पनि धेरै हुदा लोड धान्न नसकेर सडकमा नै पल्टिएको अनुमान गरिएको छ । घाईतेहरुलाई उद्दार गरि अहिले एम्बुलेन्स मार्फत उपचारका लागि सामुदायीक अस्पताल सोब्रुमा पठाईदै गरेको घटनास्थलवाट पहलमान खड्काले जानकारी दिनुभयो ।

घाईते मध्ये बोलेरो चालकको अबस्था गम्भिर भएकोले उनलाई थप उपचारका लािग अस्पताल पठाई सकिएको स्थानीय टोकल श्रेष्ठले जानकारी दिनभयो । यो समाचार तयार पार्दा सम्म घटनास्थलमा प्रहरी भने पुगेको छैन । घटनाको बारेमा भर्खर मात्रै जानकारी आएकोले घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको निमित्त जिल्ला प्रहरी प्रमुख टिका कार्कीले जानकारी दिनुभयो । घटनाबारे थप विवरण भने आउन बाकी रहेको छ ।