नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

आफ्नो स्थापना दिवसको अवसरमा सिटिजन्स बैंकद्वारा ९० लाख आर्थिक सहयोग

ओखलढुङ्गान्युज, बैशाख ९ काठमाण्डौं ।
सिटिजन्स बैंकले विविध कार्यक्रमका बिच आफ्नो १२ औं स्थापना दिवस मनाएको छ । एघारौ वर्ष पूरा गरेको अवसरमा बैंकले विभिन्न संघसंस्थालाई करिव ९० लाख रुपैयाँ आर्थिक सहयोग गरेको अध्यक्ष डा. शंकर प्रसाद शर्माले बताए ।

बैंकले स्नो याक फाउण्डेशनलाई १ लाख ५० हजार सहयोग गरेको छ । माथिल्लो डोल्पाका पिछडिएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यका साथ बैंकले उक्त कार्यमा कार्यरत स्नो याक फाउण्डेशनलाई सहयोग गरेको हो । त्यस्तै बैंकले गरिब, पिछडिएका तथा जेहेन्दार १५ जना विद्यार्थीलाई पढाउनका लागि बाल विकास समाज कपनलाई पनि आर्थिक सहयोग गरेको छ । उक्त संस्थालाई बैंकले एक लाख ५० हजार रुपैयाँ प्रदान गरेको छ ।

यसैगरी म्युजिक कम्पोजर एसोसिएसन नेपाललाई एक लाख ५० हजार, एड्स संक्रमित भएका बालबालिकाहरूलाई सेवा गरिरहेको संस्था साथलाई एक लाख, बेबी लाइफ होम कीर्तिपुरलाई दुई लाख, मानव अंग प्रत्यारोपण केन्द्रलाई दुई लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

त्यस्तै, त्रिवेणी सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र भीमढुंगालाई ५० हजार, क्लिनिक वानलाई एक लाख, अभय उपचार केन्द्रलाई दुई लाख, श्री कमल निम्नमाध्यमिक विद्यालय, कमलपोखरीलाई दुई लाख ५० हजार, कुलेश्वर माध्यमिक विद्यालय, कुलेश्वरलाई एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

राजधानीको मीनभवनस्थित ‘निसहाय सेवा सदन’ जेष्ठ नागरिक आवासगृहका ४० भन्दा बढी वृद्धवृद्धालाई खाना सहयोग गर्नुका साथै, दीर्घायु गुरु हस्पिटल एण्ड रिसर्च सेन्टर प्राइभेट लिमिटेडलाई पाँच थान फ्रिज पनि प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने अध्यक्ष शर्माले प्रतिवद्धता व्यक्त गरे ।