नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

दोस्रो फोटो पत्रकारिता अवार्डका लागि ५५ फोटो पत्रकार मनोनित

ओखलढुङ्गान्युज, वैशाख ९ काठमाडौं ।
ग्लोबल आइएमइ बैंक दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ५५ फोटोपत्रकार मनोनित भएका छन् । देशका विभिन्न सञ्चार माध्यमहरुमा कार्यरत फोटो पत्रकाहरु मनोनित भएका हुन् । यही वैशाख १३ गते वितरण हुन लागेको दोस्रो फोटो पत्रकारिता अवार्ड–२०७४ का लागि ११ विधामा पाँच जनाका दरले ५५ जना मनोनित भएका हुन् । प्रतियोगिता राष्ट्रिय फोटो पत्रकार समूहले आयोजना गरेको हो ।

प्रतिगोगितामा समावेश भएका विधाहरुमा राजनीतिक, महिला, खेलकुद, दैनिक जीवन, पर्यटन र संस्कृति, मनोरञ्जन, मोफसल, सक्रिय फोटो पत्रकार, स्वतन्त्र फोटो पत्रकार, आर्थिक र अनलाइन रहेका छन् । प्रतियोगिताको मुख्य पाँचमा पर्न सफल फोटो पत्रकारलाई शुक्रबार एक कार्यक्रमकाबीच प्रमाणपत्र वितरण गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूहका सचिव एवं अवार्ड छनोट समितिका संयोजक प्रदीपराज वन्तले फोटो पत्रकारको कामप्रति हौसला बढाउनका लागि समूहले दुई वर्षदेखि विभिन्न संघसंस्थासँग सहकार्य गरेर अवार्ड प्रदान गर्दै आएको बताउनुभयो । प्रत्येक विधामा उत्कृष्ट हुनेलाई नगद रु २५ हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै सबै बिधामा सर्वोत्कृष्ट हुनेलाई नगद रु ५० हजार, ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।