नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

पाचौं उदयपुर गोल्डकपको पुरस्कार राशी पाँच लाख

ओखलढुङ्गान्युज, बैशाख ४ उदयपुर । आगामी बैशाख २२ गतेदेखि पाँचौ उदयपुर गोल्डकप सुरु हुने भएको छ । उदयपुर जिल्लालाई चिनाउन ‘उदयपुर गोल्डकप फुटबल प्रतियोगिता’ को सुरुवात गरिएको थियो । प्रतियोगिता आगामी बैशाख २२ गतेदेखि २९ गतेसम्म थारूहट रंगशाला गाईघाटमा सञ्चालन हुनेछ ।

शोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको पुरस्कार राशी तेब्बरले वृद्धि गरेको आयोजक समितिले बताएको छ । ‘गतवर्ष एक लाख ५० हजार रुपैयाँ प्रथम पुरस्कार रहेकोमा यस वर्ष बढाएर पाँच लाख रुपैयाँ पुर्याषइएको छ, एक लाख रुपैयाँ राशीको उपविजेतालाई बढाएर तीन लाख रुपैयाँ पुर्या‍इएका छौ’, आयोजक समितिका संयोजक किरण राईले भने । जिल्लाको कटारी नगरपालिकामा हुने कटारी गोल्डकपले पुरस्कार राशी बढाएपछि उदयपुर गोल्डकपले पनि पुरस्कार राशी बढाइएको हो ।

प्रतियोगितामा लगभग ५० लाख रुपैयाँ लागत लाग्ने अनुमान गरिएको जिल्ला फुटबल संघका अध्यक्ष रंजन कार्कीले बताए । प्रतियोगिताको मुख्य प्रायोजन एसियन थाईफुड्स प्रालि र प्राविधिक सहयोग राष्ट्रिय खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समितिले गर्नेछन् ।

प्रतियोगितामा आउने फुटबल क्लवको टुंगो लाग्न बाँकी रहेको आयोजकको भनाइ छ। संयोजक राईका अुनसार प्रतिस्पर्धामा ‘ए’ डिभिजनका विभागीय टिम र क्लबहरुको सहभागिता हुने गरी प्रक्रिया मिलाइएको छ । जसमा ‘ए’ डिभिजनका राष्ट्रिय टिमहरु थ्री स्टार क्लब, नेपाल आर्मी क्लब, नेपाल पुसिल क्लब र शंकटा क्लब काठमाडौं, मनाङ मर्स्याङ्दी काठमाडौं लगायत झापा ११, मोरङ ११, सुनसरी ११, रुपन्देही ११ र घरेलु टिम उदयपुर ११ ले सहभागिता जनाउने आयोजकको अनुमान छ ।