नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

आज मातातीर्थ औशी अर्थात आमाको मुख हेर्ने दिन

ओखलढुङ्गान्युज, वैशाख ३ ओखलढुङ्गा ।
आज मातातीर्थ औंसी । मानिस जन्मछ, मर्छ । जन्म दिने आमालाई माया नगर्ने सन्तान संसारमा थोरै मात्र हुन्छन् । आज तीनै आमालाई सम्झने दिन ।

विशेष गरी आजको दिनलाई आमाको मुख हेर्ने दिनको रुपमा लिने गरिन्छ । आमालाई भेट्ने मीठोमीठो खान र राम्रो राम्रो लाउन दिने दिन । आमाभन्दा टाढा हुनेहरुले आमालाई सम्झने दिन ।

जन्मदिने आमाको सम्मान स्वरुप वर्षको एकदिन वैशाख कृष्ण औशीका दिन आमाको मुख हेर्ने चलन रहदै आएको छ । आजको दिनमा आमाको नजिक हुने छोरा छोरीहरुले जम्मा भएर आमालाई मिठामिठा खानेकुरा सगै नया बस्त्रहरुपनि किनिदिने चलन रहदै आएको छ । आमाको नजिक भन्दा टाढा हुनेहरुले फोनमा कुराकानी गर्दै फोनवाटै आशिर्वाद पनि लिई रहेका छन् ।

आजको दिन सामाजिक सञ्जालहरुमा पनि जन्मदिने आमाको सम्मान स्वरुप आमाका विविध खाले तस्विरहरु राखेका छन् । सामाजिक सञ्जालमा तस्विर राख्दैमा र फोनमा कुराकानी गर्दैमा आमाको सम्मान हुने चाही हैन । जन्मदिने आमाको हरेक सुखदुखमा साथ दिएमा पक्कैपनि हामी जन्मेको सार्थकता हुन्छ ।

दिवंगत भएका आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व पनि मानिन्छ । आजको दिनमा काठमाण्डौको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनहरुको भिड पनि लाग्ने गर्दछ ।