नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गाका भुकम्प प्रभावितले लिएको पैसा फिर्ता गरे

ओखलढुङ्गान्युज, चैत २८ ओखलढुङ्गा ।
ओखलढुङ्गाका एक भुकम्प पिडित अनुदान लाभग्राहीले सरकारबाट लिएको अनुदान रकम फिर्ता गरेका छन् । खिजिदेम्बा गाउँपालिका वडा नं. ५ खिजिफलाटेका चेत बहादुर सुनुवारले पहिलो किस्ता बापत लिएको ५० हजार फिर्ता गरेका हुन् ।

सरकारले अन्य स्थानमा घर भएका वा बस्न योग्य घर भएकाहरुले भूकम्प लाभग्राही भएर अनुदान रकम नलिन आग्रह गर्दै आएको छ । यदी त्यस्ता कसैले रकम लिएको भए रकम फिर्ता गर्नुपर्ने बताउदै आएको छ । पछिल्लो समय सुचना नै जारी गरेसंगै सुनुवारले पहिलो किस्ता वापतको रुकम ५० हजार रुपौया नगद नै फिर्ता गरेका हुन् । आफुले आफ्नो ईच्छा अनुसारको घर बनाएको भन्दै सरकारले दिएको पहिलो किस्ताको रकम स–सम्मान फिर्ता गरेको सुनुवारका छोरा केवश राज सुनुवारले बताए ।

बुधबार जिल्ला समन्वय समितीको कार्यलयमा आफै उपस्थित भएर सुनुवारले रकम फिर्ता गरेका हुन् । यसरी सरकारबाट लिएको अनुदान रकम फिर्ता गर्ने उनि जिल्लामै पहिलो भुकम्प प्रभावित बनेका छन् । राष्ट्रिय पुननिर्माण प्रधिकरण जिल्ला समन्वय समिती ओखलढुङ्गाले अन्य स्थानमा घर भएका तथा सोही स्थानमा समेत बस्न योग्य घर भएका लाभग्राहीहरुले यसअघि लिएको रकम फिर्ता गरिदिन आग्रह गरेको छ । ‘

यसअघि सरकारले बितरण गरेको रकम लिएका तर उनिहरुको अर्को ठाउँमा घर छ र त्यही पनि बस्न योग्य घर छ भने त्यस्ता ब्यक्तीलाई हामीले रकम फिर्ता गर्न आग्रह गरेका छौ ’प्राधिकरण कार्यकारी प्रमखु युवराज खरेलले भने । यदी सरकारी यो सूचनालाई बेवास्ता गरेर रकम रकम फिर्ता नगर्ने वा पहिलो किस्ता रकम लिएर पनि घर निर्माण नगर्नेहरुसग सरकारले सरकारी ऋण सरह असुल उपर गर्ने र सरकारवाट प्राप्त हुने कुनैपनि सेवा सुबिधावाट बञ्चित गराईने बताउदै आएको छ ।