नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेशनल लाईफको रकम हस्तान्तरण

ओखलढुङ्गान्युज, चैत १९ ओखलढुङ्गा ।
ओखलढुङ्गामा नेशनल लाईफ ईन्स्योरेन्स एकजनालाई रकम हस्तान्तरण गरेको छ । कम्पनीले लिखु गाउँपालिका वडा नं. ८ (साविकको पोकली ९) का बिमितको मृत्यु भएपछि उनको परिवारलाई विमा रकम हस्तान्तरण गरेको हो ।

नेशनल लाईफ ईन्स्योरेन्स कम्पनीका शाखा प्रमुख महेश बहादुर कटुवालले विमा रकम मृतकका परिवारलाई हस्तान्तरण गरेका हुन् । विमित मृतक छोङकर्मा शेर्पाको श्रीमती फुर्वाडोमा शेर्पालाई रकम हस्तान्तरण गरिएको हो । मृतककी श्रीमती शेर्पालाई कम्पनीको ओखलढुङ्गा शाखाले रु. ३ लाख ३६ हजार ५ सय ९५ रुपैयाको चेक हस्तान्तरण गरिएको छ ।

मृतक शेर्पाले २०७१ सालदेखी जीवन अमृत वीमा अन्तर्गत जीवन वीमा गरेका थिए । विमित शेर्पाको भने २०७३ साल कार्तिक २० गते निधन भएको थियो । शेर्पाले ओखलढुङ्गावाट जीवन वीमा गराएको र उनको परिवार भने काठमाण्डौंमा बस्दै आएका थिए । परिवार काठमाण्डौंमा बसेको कारण जीवन वीमाको प्रकृया पुरा गर्न ढिलाई भएको कारण विमितको परिवारलाई ढिलो गरि रकम हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ ।