नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

चट्याङ लागेर एकको मृत्यु

ओखलढुङ्गान्युज, फागुन २९उदयपुर ।

उदयपुरमा चट्याङ लागेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ।  चट्याङ लागेर जिल्लाको कटारी नगरपालिका – ५ खाडीखोपका २२ वर्षका भोजकुमार राईको मृत्यु भएको हो ।

घरको दलानमा बसिरहेको अवस्थामा वर्षासँगै चट्याङ लागेर राईको मृत्यु भएको कटारी प्रहरीले जनाएको छ ।  उनको शव हाल पोष्टमार्टका लागि कटारी अस्पतालमा राखिएको कटारी अस्पतालले जनाएको छ । पोष्टमार्टम पछि शवलाई परिवारको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

उयपुरका धेरै स्थान सगै कटारीमा पनि करिव छ महिनापछि वर्षा भएको स्थानीयवासीहरूले बताएका छन् । पानी परेपछि कृषकहरु भने खुशी भएका छन् ।