नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

रसुवा नाकामा दुईदेशका अधिकारी बिच बैठक सम्पन्न

संगीता लामा, फागुन २८ रसुवा ।
चिनको जिलोङ काउन्टीमा नेपाल र चिन दुईदेशका अधिकारीहरु बिच आईतबार सिमा सुरक्षा सम्बन्धि बैठक सम्पन्न भएको छ । सीमा नाकाबाट हुन सक्ने गैर कानूनी क्रियाकलापहरु नियन्त्रयण गर्न नेपाली तथा चीनीयाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउदै कडाईका साथ चेकजाँच गर्ने लगायत ६ बुदे निर्णय गरेको छ ।

बैठकमा चीनको जिलोङ काउन्टीका स्थानीय सुरक्षा अधिकारी कर्णेल गाओ हुइहाइ लगायत भन्सार, क्वारेन्टाईन तथा अध्यागमनका अधिकारी र रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री चोमेन्द्र न्यौपाने सहितको टोली सहभागी रहेको थियो ।

दुईदेशिय बैठकले रसुवावासी लगायत अन्य जिल्लाका वासिन्दालाई समेत केरुङ सम्म जान इलभ मबथ उबकक को व्यवस्था लागु गर्न अनुरोध गरिएकोमा नेपालको केन्द्रिय स्तरवाट निर्णय भएमा चीनले उक्त कुराको लागू गर्न सहमत भएको छ ।

बैठकमा सीमा नाकाको सुरक्षा व्यवस्था तथा आवत जावतलाई सुदृढ तथा व्यवस्थित गर्न आवश्यक उपकरण तथा सामाग्रीहरु सहयोग गर्न चीनीया पक्ष इच्छुक रहेको हुँदा आवश्यक सामाग्रीका सम्बन्धमा थप छलफल गरी प्रस्ताव पठाउन चीनीया पक्षबाट प्रतिबद्धता गरिएको छ ।

त्यस्तै, सीमा नाकाबाट हुन सक्ने गैर कानूनी क्रियाकलापहरु नियन्त्रयण गर्न नेपाली तथा चीनीयाँ सुरक्षाकर्मीहरुबाट गस्ती निगरानी बढाउने, कडाईका साथ चेकजाँच गर्ने र सो सम्वन्धी सूचना एक आपसमा आदान प्रदान गरी समन्वायात्मक तवरले नाकामा परिचालन भई कार्य गर्न दुवै पक्ष सहमत भएको लगायतका निर्णयहरु रहेका छन् ।