नेपाली समय Loading...२०८१ बैशाख १५ शनिबार

नौ महिनादेखी बन्द छ रुम्जाटार विमानस्थल

ओखलढुङ्गान्युज, फागुन २७ ओखलढुंगा ।
ओखलढुङ्गाको एकमात्र विमान्स्थल रुम्जाटार विमानस्थल नौ महिनादेखी बन्द रहेको छ । ओखलढुङ्गाको रुम्जाटारका लागि सबै विमान कम्पनीले उडान रद्द गरेपछि विमानस्थल बन्द भएको हो ।

करिब चार दशकसम्म कच्चि धावनमार्ग बाटै नियमीत उडान र अवतरण हुदै आएको रुम्जाटार विमानस्थलमा कालोपत्रे भएपछि भने उडान पातलीन थालेको हो । नियमित रुपमा नेपाल एयरलायन्स र तारा एयरलाईन्सले उडान भर्दै आएको बिमानस्थल कलोपत्रे भएपछि भने छिटफुट रुपमा सञ्चालनमा रहेकोे थियो ।

पछिल्लो समयमा ती दुवै एयरलायन्सले रुम्जाटारका लागि आफ्ना नियमित उडानहरु रद्द गरेपछि यात्रुहरु समस्यामा परेका छन् । विमानस्थल बन्द हुदाँ आकस्मिक बिरामीहरुलाई समते समयमा उपचारका बाहिर लान समस्या भएको स्थानियको भनाई छ ।

केही वर्षअघि सम्म यस रुम्जाटार विमानस्थलमा टिकट पाउनै मुस्किल पथ्र्याे । तर पछिल्लो समय यात्रु अभावकै कारण उडान रद्ध गर्नु परेको एयरलाईन्सहरुले बताउने गरेको छ । नेपाल उड्डययन प्राधिकरणले नियमित यात्रु अभावकै कारण उडान रद्द गरेको जानकारी आएको शमसेरदल गण रुम्जाटार विमानस्थलका कार्यालय प्रमुख प्रकाश शर्माले बताउनुभयो ।

पछिल्लो समय मध्यपहाडी राजमार्ग अन्तर्गत घुर्मी–खुर्कोट सडक खण्ड सञ्चालनमा आएसंगै यात्रुहरु बढि मात्रामा सडक मार्ग प्रयोग गर्ने गर्दछन् । कालोपत्रे भएको सडक मार्फत ठुला गाडिमा ७ सय रुपैयामा र सानो गाडीमा बढिमा १ हजार सम्ममा राजधानी पुग्न सकिन्छ । तर हवाईमार्गको भाडा भने ३ हजार बढिनै रहेकाले यात्रुहरुको रोजाई सडकमार्ग नै बनेको हो । यसले गर्दा पनि बिमानस्थल बन्द छ ।

सरकारको करोडौं रुपैया लगानिमा विमानस्थलको भौतिक पूर्वाधार निर्माण भएको छ । यस विमानस्थलमा हप्तामा दुई उडान काठमाण्डौ र एक उडान विराटनगरमा हुदै आएको थियो । प्रदेशको राजधानी विराटनगर तोकिए सगै यस विमानस्थलमा हवाईयातायात सञ्चालन गर्नुपर्ने आवाज उठीरहेको बेला विमानस्थल बन्द रहेको छ ।