नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

मोलुङ गाउँपालिकामा कुन्तादेवी साझाबोली रेडियो श्रोता समूह गठन

सरस्वती बानिया, फाल्गुण २६ कुन्तादेवी ।
ओखलढुङ्गाको मोलुङ गाउपालिकामा साझाबोली रेडियो श्रोता समूह गठन भएको छ । मोलुङ गाउँपालिकाको वडा नं. १ को साविकको कुन्तादेवी गाविसमा कुन्तादेवी रेडियो श्रोता समूह गठन भएको छ । १८ सदस्यीय श्रोता समूहको संयोजकको रुपमा गोपाल गिरी चयन हुनुभएको छ । रेडियो श्रोता समूहको सहसंयोजकमा उर्मीला धमला सचिवमा शर्मीला धमला र सदस्यहरुमा अञ्जना धमला, यमुना धमला, तारा धमला, हिमाल धमला, प्रकाश फुयाल लगायत रहेका छन् ।

त्यस्तै गरि रेडिायो श्राता समूहमा दयाराम धमलाको संयोजकत्वमा ३ सदस्यिय सल्लाहकार समिति पनि चयन गरेको छ । सल्लाहकार समितिका अन्य सदस्यहरुमा चन्द्रमणी अधिकारी धन बहादुर बानिया रहनुभएको छ । समूहले सुवास कटुवाललाई समूहको सहजकर्ता छनौट गरेको पनि छ ।

सोच नेपालको प्राबिधिक सहयोगमा कुन्तादेवी रेडियो श्रोता समूह गठन भएको हो । रेडियो श्रोता समूहले पारस्परिक जवादेहिताका सवालमा उत्पादन भएको रेडियो कार्यक्रम सुन्ने, स्थानीय तहमा रहेका जनप्रतिनिधीसँग प्रत्यक्ष सम्पर्कमा रहि शुसासनका क्षेत्रमा सामाजिक हितको काम गर्नेछ ।

कुन्तादेवी रेडियो श्रोता समूहलाई सोच नेपालले क्षमता अभिवृद्धि गर्न विभिन्न तालिम तथा गोष्ठी आयोजना गर्ने र अवसरहरु प्रदान गर्न सहजिकरण गर्नेछ । पारस्परिक जवाफदेहिता कार्यक्रम अन्तर्गत ईक्वेलएक्सेस नेपालले निर्माण गरेको साझाबोली र साथीसंग मनका कुरा कार्यक्रम सुन्ने र सुनेका कुरा ब्यवहारमा उतार्ने उद्देश्यले रेडियो श्रोता समुहको गठन भएको हो ।

पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सोच नेपालको सहयोगमा यस भन्दा अगाडी पनि सिद्धिचरण नगरपालिकाको वडा नं. ९ ज्यामिरे र ओखलढुङ्गा क्याम्पस ओखलढुङ्गामा पनि रेडियो श्रोता समूह गठन भै सकेको जिल्ला संयोजक विएन श्रेष्ठले जानकारी दिनुभयो । रेडियो श्रोता समूह गठनका अलावा पारस्परिक जवाफदेहितासँग सम्बन्धित विविध विषयहरुमा पनि सोच नेपालले ओखलढुङ्गामा काम गर्दै आएको छ ।