नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

थ्रीस्टारलाई ट्राइबेकरमा हराउदै झापा फाइनलमा

ओखलढुङ्गान्युज, फागुन २५ झापा ।
विर्तामोडमा जारी तेस्रो झापा गोल्डकपको फाइनलमा आयोजक झापा ११ प्रवेश गरेको छ । शुक्रबार घरेलु मैदानमा भएको खेलमा थ्रीस्टारलाई ट्राइबेकरमा ४–३ गोलले हराउँदै झापाले फाइनलको यात्रा तय गरेको हो ।

विर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा शुक्रबार सम्पन्न भएको पहिलो सेमिफाइनल खेलमा दुवैतर्फबाट कुनै गोल नभएपछि निर्णयका लागि ट्राइब्रेकर रोजिएको थियो । ट्राइब्रेकरमा थ्री स्टारका बुद्ध चेम्जोड्ड र सुनिल बलको प्रहार झापाका गोलरक्षक किशोर गिरीले रोकेका थिए ।

थ्री स्टारका विजय धिमाल र रन्जिल धिमाल मात्रै गोल गर्न सफल भए । झापाका तर्फबाट योगेश गुरुङ, कर्ण लिम्बू, भुषण सुब्बा र देवेन्द्र तामाङले गोल गरे । विश्वास श्रेष्ठको प्रहार भने थ्री स्टारका गोलरक्षक एलेन न्यौपानेले रोकेका थिए ।

निक्कै प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेटमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसरहरू पाए पनि सदुपयोग भने गर्न सकेनन् । घरेलु दर्शको साथ पाएको झापाले उत्कृष्ट प्रदर्शन गरे पनि खेल अवधिभर गोल भने गर्न भने सकेन । खेलको म्यान अफ दी म्याच झापाका डिफेन्स देवेन्द्र तामाङ घोषित भए । उनले नगद २५ हजार प्राप्त गरे ।

शनिबारको सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी र मनाङ मर्स्याङदीबीच हुने आयोजकले जनाएको छ ।