नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

महिला दिवसमा किशोरीहरुलाई शैक्षिक सहयोग वितरण

 

ओखलढुङ्गान्युज, फागुन २५ ओखलढुङ्गा ।
१०८ औ अन्तर्राष्ट्रिय महिला दिवसको अबसर पारेर आज ओखलढुङ्गामा किशोरीहरुलाई शैक्षिक सहयोग गरिएको छ । ओखलढुङ्गामा कार्यरत सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्थाले आज एक कार्यक्रमका बिच उक्त सहयोग गरेको हो ।

सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा ओखलढुङ्गाका विभिन्न स्थानमा सञ्चालन भएको किशोरी समूहका गरिव तथा जेहेन्दार किशोरीहरुलाई शैक्षिक सहयोग गरेको हो । छनौटमा परेका पाचैजना किशोरीहरुलाई जनही रु २ हजार नगद प्रदान गरिएको थियो ।

शैक्षिक सहयोग कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सिद्धिचरण नगरपालिकाका नगर प्रमुख मोहन कुमार श्रेष्ठले आफुमा आउने परिवर्तनलाई निशंकोचपूर्ण र निडरताका साथ समाज परिवर्तनका लागि प्रयोग गर्न किशोरी समूहका सदस्यहरुलाई आग्रह गर्नुभएको थियो ।

सिद्धिचरण महिला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको सो कार्यक्रमलाई महिला तथा बालबालिका कार्यालय ओखलढुङ्गा, राष्ट्रिय कृषक समूह महासंघ ओखलढुङ्गा, सबल कार्यक्रम ओखलढुङ्गा, युएनएफपिए ओखलढुङ्गा र सोच नेपाल ओखलढुङ्गाले सहयोग गरेका थिए ।

कार्यक्रममा सोच नेपाल ओखलढुङ्गाको आयोजनामा महिला तथा किशोरी सग सम्बन्धित जनचेतना मूलक भिडियो ‘गाउँकी चेली’ पनि प्रदर्शन गरिएकोे थियो । त्यस्तै किशोरी समूहका सदस्यहरुले बिचबिचमा जनचेतना मूलक नाटक तथा नृत्य समेत प्रस्तुत गरेका थिए ।