नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

सञ्चारकर्मी श्रेष्ठको उपचारमा सहयोग गर्न महासंघ अाेखलढुङ्गाकाे अपिल

विवेश श्रेष्ठ, फागुन २४ ओखलढुंगा
रेडियोकर्मी तथा लोक गायक लिला श्रेष्ठको उपचारका लागि सहयोग गर्न नेपाल पत्रकार महासंघ जिल्ला शाखा ओखलढुंगाले सबै सरोकारवाला पक्षसँग अपिल गरेको छ ।

श्रेष्ठ ओखलढुङ्गामा रेडियो स्थापना गरेर नागरिकहरुलाई सूसुचित गर्ने अभियानका अग्रणी रेडियोकर्मी हुन् । लामो समय ओखलढुंगामा पत्रकारिता गरेर अहिले काठमाण्डौमा कार्यरत छन् । रेडियोकर्मी श्रेष्ठ लामो समयदेखी हाड जोर्नी तथा नशासम्बन्धी रोगबाट पीडित भएकाले उपचारका लागि महासंघले अपिल गरेको हो ।

महासंघको ओखलढुङ्गामा बुधवार बसेको बैठकले दिल्लीमा उपचाररत पत्रकार श्रेष्ठलाई जिल्ला शाखाको समन्वयमा क्रियाशील संचारकर्मीहरुबाट आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गर्ने निर्णय गरेको छ ।

जिल्लाका सञ्चारमाध्यम र सञ्चारकर्मीको सकृयतामा आर्थिक सहयोग संकलन गरेर हस्तान्तरण गरिने कार्यवाहक अध्यक्ष शिबप्रसाद ढुगानाले जानकारी दिनुभयो । पत्रकार श्रेष्ठ हाल भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गरिरहनु भएको छ ।