नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

नेकपाले माग्यो स्थानीय जनप्रतिनिधिको राजीनामा

ओखलढुङ्गान्युज फागुन २२ ओखलढुंगा ।
नेपाल कम्युनिष्ट पार्टीले ओखलढुंगाको स्थानीय तहका जनप्रतिनिधिहरुको राजीनामा मागेको छ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीले समानान्तर सरकार भन्दै गठन गरेको ‘जनपरिषद नेपाल’को नाममा पत्र लेख्दै जनप्रतिनिधिहरुको राजीनामा माग गरेको हो ।

राजीनामा माग गर्दै सोमबार सिद्धिचरण नगरपालिका र मानेभन्ज्याङ गाउँपालिकाका प्रमुखलाई पत्र बुझाएको छ । ‘मुलुकभर जनताको सरकार स्थापित गरेर जनताको सेवा, राष्ट्रको स्वाधिनता सामाजिक सुरक्षासहितको विकास र समृद्धिको आधार तयार गर्नको लागि तपाईंले आफ्नो पदबाट राजीनामा दिई जनताको सरकारलाई सहयोग गर्न विनम्रता पूर्वक आग्रह गर्दछौं पत्रमा भनिएको छ । अन्यथा उत्पन्न हुने परिस्थितिको जिम्मेवार तपाईँ आफै हुनुपर्नेछ’ भन्ने चेतावनी युक्त भाषा पनि पत्रमा उल्लेख गरेको छ ।

विप्लब नेतृत्वको नेकपाको पत्र पाए सगै स्थानीय जनप्रतिनिधीहरुमा त्रास सृजना भएको छ । नेकपाको पत्रको बारेमा प्रहरी प्रशासन केही पनि बोलेको छैन । मंगलबार सम्म जिल्लाका सबै स्थानीय तहका प्रमुखलाई पत्र बुझाइसकेको पार्टीका जिल्ला सेक्रेटरी अमृत बस्नेतले जानकारी दिनुभयो ।

जनपरिषदले लेखेकाे पत्र  :