नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गामा बेवारिशे शव फेला, शबको पहिचान हुन सकेन

ओखलढुङ्गान्युज फागुन २२ ओखलढुङ्गा ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ३ उबूँमा बेबारिसे शब फेला परेको छ । शब पुरुषको भएपनि झुण्डिएको अवस्थामा भेटिएको शवको पहिचान हुन सकेको छैन ।

फागुन २० गते सोदु खोला नजिकै सतिबेरको रुखमा झुण्डिएर मृत अवस्थामा भेटिएका थिए । मृतकको शबलाई रुम्जाटार जिल्ला अस्पतालमा पोष्र्ट मार्टम गरिए पनि नामथर र वतन खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

स्थानीयको सुचनाका आधारमा घटनास्थलवाट मुचुल्का गरेर शव पोष्र्टपार्टम गरिए पनि नाम ठेगाना खुल्न सकेको छैन । नाम ठेगाना पनि नखुलेको र आफन्त पनि पहिचान नभएकाले शबलाई रुम्जाटार अस्पतालको शवगृहमा मृतकको शब अलपत्र अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरिक्षक निरञ्जन भट््टराईले जानकारी दिनुभयो ।

प्रहरी निरिक्षक भट्टराईका अनु्सार कलेजी रंगको दौरा सुरुवाल र कालो रंगको प्लाष्टिकको जुत्ता लगाएको शव झुण्डिएको अवस्थामा भेटिएको थियो ।