नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

एकताका लागि एमाले–माओवादी बिच सात बुदे सहमती

ओखलढुङ्गान्युज, फागुन ८ काठमाण्डौ ।
शोमबार राति नेपालका दुई ठुला पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीच एकता गर्ने सहमति भएको छ । दुई दलका नेताहरुले पार्टी एकताका सातबुँदे आधारहरुमा हस्ताक्षर गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेर एमाले र माओवादीका नेताहरुले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । एकता भएको पार्टीको संगठनात्मक रुप भने पछि छलफल गरेर टुङ्गोमा पु¥यार्एने भएको छ ।

सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाले हस्ताक्षर गरेका छन्।

एकतापछि पार्टीका नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने र मार्क्सवाद–लेनिनवादलाई निर्देशक सिद्धान्त बनाउने सहमति भएको छ । एकता महाधिवेशनसम्म अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारेर एकीकृत पार्टी सञ्चालन गर्ने दुई दलको सहमति छ ।

साढे चार महिनादेखिको छलफलमा ‘ब्रेक थ्रु’ गर्दै दुई दलले सोमबार राति पार्टी एकताको सातबुँदे प्रारम्भिक आधारपत्रमा हस्ताक्षर गरेका हुन् । तर पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटबारे सहमतिपत्रमा केही उल्लेख छैन ।

स्रोतका अनुसार दुई दलबीच एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्ड दुबै एकीकृत पार्टीको अध्यक्ष हुने भद्र सहमति भएको छ । साथै आलोपालो प्रधानमन्त्री हुने सहमति पनि सहमतिपत्रमा उल्लेख छैन । पार्टी र सरकारको नेतृत्वबारे सहमतिपत्रमा उल्लेख गर्दा गलत सन्देश जाने भन्दै एमाले नेताहरूले अनुरोध गरेपछि मस्यौदाबाट हटाइएको स्रोतले जनाएको छ ।

                                      शाेमबार भएकाे सहमतिपत्र

ओली र प्रचण्डबीच एकीकृत पार्टीको संगठनात्मक स्वरुपबारे दुईओटा विकल्पमा केन्द्रीत रहेर छलफल भए पनि सोमबारको बैठकमा भने ठोस छलफल भएन । दुई अध्यक्षबीच अन्तरिमकालीन केन्द्रीय कमिटी दुई अंकको नबढ्नेगरी, पोलिटब्यूरो र स्थायी समिति बनाउने पहिलो विकल्पमा छलफल भएको छ ।

तर, छरितो केन्द्रीय कमिटी बन्ने सम्भावना कम देखिएकाले एमालेको २ सय ६ सदस्यीय केन्द्रीय कमिटीमा माओवादी केन्द्रबाट ४० प्रतिशत थप गरेर केन्द्रीय कमिटी, पोलिटब्यूरो र स्थायी समिति बनाउने विकल्पमा छलफल चलेको छ ।

त्यस्तै ओली र प्रचण्डबीच राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष र उपाध्यक्ष तथा मन्त्रालय भागवण्डामासमेत छलफल चले पनि संयोजन समितिको बैठकमा भने यसबारे ठोस छलफल नभएको श्रोतले बतायो ।

तर, यसलाई भागवण्डाभन्दा पनि आवश्यकताको सिद्दान्तअनुसार टुंग्याइने सम्भावना छ । उच्च स्रोतका अनुसार ओली र प्रचण्डले वतर्मान राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दकिशोर पुनलाई नै दोहोर्याउने प्रष्ट संकेत गरिसकेका छन् । तर, एकता संयोजन समितिमा सोमबार यो विषयले प्रवेश भने नपाएको श्रोतले बताएको छ ।