नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

ईतिहासको पाना च्याते पहिचान गुम्छ ः नगर प्रमुख श्रेष्ठ

ओखलढुङ्गान्युज, फागुन ७ ओखलढुङ्गा ।
आज ओखलढुङ्गामा पनि विविध कार्यक्रमका साथ ६८औं प्रजातन्त्र दिवस र दोश्रो निर्वाचन दिवस संयुक्त रुपमा मनाईउको छ । दिवसको संयुक्त कार्यक्रम अन्तर्गत ओखलढुङ्गा जिल्ला सदरमुकामको खाद्य गोदाम अगाडी देखी जिल्ला समन्वय समिति सम्म ¥यालीको आयोजना गरिएको थियो । ¥यालीमा सहभागहिरुले विविध नाराहरु लेखिएको प्लेकार्डहरु बोकेका थिए ।

प्लेकार्ड सहितको ¥याली जिल्ला सदरमुकाम बजार परिक्रमा गर्दै कोण सभामा परिणत भएको थियो । ६८ औं प्रजातन्त्र दिवस तथा दोश्रो निर्वाचन दिवसको संयुक्त कार्यक्रमलाई सहभागीहरुले संबोधन मार्फत शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम मार्फत शुभकामना दिदै सिद्धिचरण नगरपालिकाका प्रमुख मोहन कुमार श्रेष्ठले ईतिहासको पानालाई च्यातेर कहिल्यै पनि अघि बढ्न नसक्ने बताउनु भयो । ईतिहासको पानालाई च्यात्दा आफ्नो पहिचान समेत गुम्ने खतरा रहेको बताउदै त्यसलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।

सहिद शब्दलाई हल्का रुपमा लिएर सरकारले अनावश्यक मानिसहरुलाई सहिद घोषणा गरेको प्रति लक्षित गर्दै सहिदको अपमान भएको पनि नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रजातन्त्र र सहिद शब्दलाई हलुका रुपमा नहेरी उनीहरुको त्याग, तपश्या र बलिदानीलाई आत्मसात गर्दै अघि बढ्न नगरप्रमुख श्रेष्ठले सबैलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रम मार्फत शुभकामना दिदै प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अहिले हामीले गणतान्त्रिक प्रजातन्त्र दिवस मनाईरहेको बताउनुभयो । हजारौ सहिदहरुको बलिदानीबाट प्राप्त प्रजातन्त्रलाई संस्थागत गर्दै हामी आफै परिवर्तित बनौ । हामी सबै देशको विकास निर्माण र समृद्धिका लागि एकजुट बन्न प्रजातन्त्र दिवसले प्रेरणा देओस भन्ने प्रजिअ पन्तले शुभकामना व्यक्त गर्नुभयो ।

त्यस्तै, कार्यक्रम मार्फत शुभकामना दिदै जिल्ला समन्वय समिति ओखलढुङ्गाका प्रमुख जय बहादुर श्रेष्ठले सहिदहरुको सपनालाई कहिल्यै अबमुल्यन गर्न नहुने बताउनुभयो । सहिदहरुको ठुलो सपनाका कारण देशमा प्रजातन्त्रको स्थापना भएको बताउदै तिनै सपना अनुरुप हामी सबै लागि परे देशले विकासको फड्को मार्न धेरै समय नलाग्ने बताउनु भएको थियो ।

गत माघ २ गते भएको भूकम्प दिवस मनाउने क्रममा जिल्लाका सरकारी कार्यालयका प्रमुखहरुको नगन्य उपस्थिती रहेपनि प्रजातन्त्र दिवस तथा निर्वाचन दिवसमा भने उल्लेख्य मात्रामा उपस्थिती रहेको थियो । कार्यक्रम जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको थियो ।