नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

पूर्वराज्यमन्त्री पदम राईसहित तिन दर्जन बढी नेकपाका कार्यकर्ता पक्राउ

ओखलढुङ्गान्युज, फागुन ६ विराटनगर ।
नेपाल कम्युनिष्ट पार्टीका दुई केन्द्रीय नेतासहित ३५ भन्दा बढी नेता कार्यकर्तालाई आज प्रहरीले पक्राउ गरेको छ । मोरङको विभिन्न स्थानबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नेकपाको भातृ संगठन राष्ट्रिय युवा जनस्वंयसेवकको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन आएका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । आज विहानै देखी नेता कार्यकर्ताहरु पक्राउ परेपछि कार्यक्रम विथोलिएको छ ।

विराटनगरमा आयोजित कार्यक्रममा सहभागी हुन आएका उनीहरुलाई विराटनगरको राजवंशी चोक, संसारीमाई लगायतका स्थानबाट पक्राउ गरेको हो । पार्टीका केन्द्रीय नेताहरु हेमन्तप्रकाश वली र पूर्वराज्यमन्त्री पदम राईसहित ३५ भन्दा बढी नेता तथा कार्यकर्तालाई नियन्त्रणमा लिएको हो ।

कार्यक्रममा सहभागी हुने आउने क्रममा जिल्लाका कानेपोखरी, वेलवारी, केराबारी विराटनगरको राजवंशी चोक, सुनसरीको इनरुवा लगायतका स्थानबाट प्रहरीले १० वटा गाडी र त्यहाँ रहेका नेकपाका कार्यकर्तालाई पक्राउ गरेको हो ।

विराटनगरबाट नियन्त्रणमा लिएकाहरुलाई जिल्ला प्रहरी कार्यालयकामा राखिएको छ भने अन्य स्थानबाट नियन्त्रणमा दिएकालाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको छ । प्रहरीले भने कार्यक्रममा सहभागी हुने आएकालाई सोधपुछका लागि मात्र नियन्त्रणमा लिएको जनाएको छ ।