नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

सिमरा गोल्डकपको उपाधी आर्मीको कब्जामा

ओखलढुङ्गान्युज, फागुन ६ बारा  ।
यस वर्षको सिमरा गोल्डकप फुटबल प्रतियोगीता सकिएको छ । शनिबार भएको फाईनल खेलमा यस सिजनको उपाधी आर्मीले आफ्नो पोल्टामा पारेको छ ।

आफ्नो प्रतिद्वन्द्वी थ्री स्टार क्लबलाई पराजित गर्दै नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबले नवौँ संस्करणको सिमरा गोल्डकपको उपाधि हात परेको छ । बाराको सिमरा रंगशालामा शनिबार सम्पन्न फाइनलमा थ्री स्टार क्लबलाई २–० गोलले पराजित गर्दै आर्मीले उपाधि हात पारेको हो ।

विजेता भएसँगै आर्मीले ५ लाख ५१ हजार हात पारेको छ । उपविजेतामा सीमित थ्री स्टारले २ लाख ५० हजारमा चित्त बुझाउनु परेको छ । पहिलो हाफमा गोल रहित बराबरी खेलेको आर्मीले खेलको ५८ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

थ्रीस्टार विरुद्ध पहिलो गोल गर्दै आर्मीलाई दिनेश हेम्जनले अग्रता दिलाए । यस्तै, खेलको ७३औँ मिनेटमा नवयुग श्रेष्ठले आर्मीका लागी दोश्रो गोल गरे । प्रतियोगिताभर ३ गोल गरी सर्वाधिक गोलकर्ता बनेका आर्मीका खेलाडी दिनेश हेम्जन सर्वोकृष्ठ खेलाडीको ट्रफि हात पारेका छन् ।

दिनेशले यामाहाको मोटरसाइकल प्राप्त गरे । त्यस्तै, आर्मीका जर्गप्रिन्स कार्कीले उत्कृष्ठ फर्वाडको पुरस्कार प्राप्त गरेका छन् । आर्मीका प्रशिक्षक नवीन न्यौपाने प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक घोषित भए । उत्कृष्ठ गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ठ मिडफिल्डर थ्री स्टारका निराजन खड्का, उत्कृष्ठ डिफेन्डर आर्मीका विमल पाण्डे घोषित भए । विभिन्न ७ विधाका उत्कृष्ट खेलाडी तथा प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।