नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

ओखलढुङ्गा फोनिजको अध्यक्षमा कुम्भराज राई निर्वाचित

ओखलढुङ्गान्युज, फागुन ३ ओखलढुङ्गा ।
आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) ओखलढुङ्गाको अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई निर्वाचित भएका छन् । आज ओखलढुङ्गामा भएका फोनिजको ऐतिहासिक प्रथम जिल्ला अधिबेशनले राईलाई सर्बसम्मत रुपमा निर्वाचित गरेको हो ।

आदिवासी जनजाति पत्रकारहरुको छाता संगठनको रुपमा रहेको फोनिज ओखलढुङ्गामा पनि केही समयदेखी क्रियाशिल छ । करिब एकवर्ष अगाडी पनि राईकै नेतृत्वमा ओखलढुङ्गामा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को जिल्ला तदर्थ समिति गठन भएको थियो ।

विहिवार ओखलढुङ्गाको नेपाल पत्रकार महासंघको कार्यालयमा भएको अधिबेशनले सात सदस्यीय जिल्ला कार्य समितिको पनि चयन गरेको छ । नयाँ निर्वाचित समितिका अध्यक्षमा कान्तिपुर दैनिकका उपसम्पादक कुम्भराज राई, उपाध्यक्षमा भिजन एफएमका रविन श्रेष्ठ, सचिवमा ओखलढुङ्गान्युज डटकमका बोध नारायण श्रेष्ठ, उपसचिवमा भिजन एफएमका पुष्पा तामाङ र कोषाध्यक्षमा भिजन एफएमका एसवि जेरो राई निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा हाम्रोओखलढुङ्गा अनलाईनका कूल बहादुर तामाङ र आफ्नो एफएमका मेनुका श्रेष्ठ  सर्बसम्मत रुपमा निर्वाचित भएका छन् ।

विहबिार भएको जिल्ला अधिबेशनले यही २०७४ साल चैत्र २२ र २३ गते काठमाण्डौमा हुन लागेको राष्ट्रिय अधिबेशनका लागि संघिय पार्षदको रुपमा शेर्पा खबर डटकमका लाक्पाग्याल्जे शेर्पा र सहयात्री एफएमका लिला बहादुर सुनुवारलाई चयन गरेको छ । त्यस्तै प्रदेश पार्षदमा विनुमाया राई र आङबाबु शेर्पालाई सर्बसम्मत रुपमा चयन गरेको छ ।

अधिबेशनवाट निर्वाचित भएपछि अध्यक्ष कुम्भराज राईले जिल्लामा कार्यरत सबै पत्रकार सञ्चारकर्मीहरु सग संयुक्त सहकार्यलाई अझ मजबुद पार्नुका साथै आदिवासी जनजाति पत्रकारहरुको हकहितका कार्यमा गम्भिरता पूर्वक लागि आफ्नो जिम्मेवारीलाई कुशलता पूर्वक निर्वाह गर्ने बताए । ऐतिहासिक प्रथम जिल्ला अधिबेशन आदिवासी जनजाति महासंघ ओखलढुङ्गाका अध्यक्ष नेत्र बहादुर नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । नेतृत्वको चयनका लागि भने नेपाल पत्रकार महासंघ ओखलढुङ्गाका कार्यबाहक जिल्ला अध्यक्ष शिवप्रसाद ढुङ्गाना र सदस्य पुर्ण प्रसाद न्यौपानेको टोलीले निर्वाचन सम्पन्न गराएको हो ।