नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक, आजै प्रधामनत्रीवाट राजिनामा दिदै

ओखलढुङ्गान्युज, फागुन ३ काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहिबारका लागि मन्त्री परिषदको बैठक बोलाउनु भएको छ । मन्त्रीपरिषदको बैठक बोलाए सगै प्रधानमन्त्री देउवा राजीनामा दिने तयारीमा लाग्नुभएको छ । प्रधानमन्त्री देउवाले आफ्नो बहिर्गमनअघि देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले बुधबार नै देशवासीका नाममा सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नुभएको थियो । तर निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाउन अबेर गरेपछि राजिनामा दिने तयारी एकदिन सरेको थियो ।

प्रधानमन्त्री देउवाका प्रेस संयोजक गोविन्द परियारले बिहीबार बिहान ९ बजे यो सरकारको अन्तिम मन्त्रिपरिषद् बैठक राखिएको र बैठक सकिएलगत्तै देउवाले सम्बोधन गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।

देउवा गत जेठ २३ गते देशको ४० औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो । तेस्रो चरणको स्थानीय तह तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउने जिम्मेवारी लिएर चौथोपटक प्रधानमन्त्री बन्नुभएका देउवा यी दायित्व पूरा गरेर बाहिरिन लाग्नु भएको हो ।