नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

काठमाण्डौमा सामसङ मोबाइल एक्सचेन्ज मेला, अब चार दिन बाकी

ओखलढुङ्गान्युज, फागुन ३ काठमाडौं ।
तपाईंले कुनै पुरानो मोबाइल प्रयोग गरिरहनुभएको छ ? कि, पुरानो मोबाइल बिक्री गरेर नयाँ किन्ने सोचमा हुनुहुन्छ । यसो हो भने, सामसङले उपत्यकाको सात ठाउँमा नयाँ मोबाइल किन्ने योजना ल्याएको छ । यस अन्तर्गत सर्वसाधारणले पुरानो मोबाइल साटेर नयाँ मोबाइल सजिलै किन सक्नेछन् ।

हिम इलेक्ट्रोनिक्स प्रालि अन्तर्गत सञ्चालित विभिन्न सात सामसङ प्लाजामा पुरानोबाट नयाँ मोबाइल साट्न सक्ने योजना ल्याएको छ । माघ २५ देखि उक्त प्लाजाहरुमा मोबाइल एक्सचेन्ज मेला भइरहेको छ । दरबारमार्गस्थित सामसङ प्लाजामा मोबाइल एक्सचेन्ज मेलामा आएका एक ग्राहकले पुराना मोबाइल साट्नपर्ने अवस्था आएकालाई सामसङको नयाँ टेक्नोलोजीको स्मार्टफोन किन्ने अवसर दिएको बताए ।

अहिले सामसाङ प्लाजा दरबारमार्ग, महाराजगन्ज, सिभिल मल, सूर्यविनायक, नयाँ बजार, चुच्चेपाटी र कोपुन्डोलमा मोबाइल एक्सचेन्ज मेला लागिरहेको छ । यो मेला फागुन ६ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । यो अबसर तपाईले पनि नछुटाउनु होला ।

मेलामा कुनै पनि ब्रान्डका पुरानो मोबाइलसँग सामसङका नयाँ र आधुनिक प्रविधिको स्मार्टफोन साट्न सकिनेछ । आइतबारसम्ममा दुई हजारभन्दा बढी मोबाइल सेटहरु एक्सचेन्ज भइसकेको हिम इलेक्ट्रोनिक्सका निर्देशक सिमा गोल्छाले बताइन् । यो एउटा यस्तो अवसर हो, जहाँ कुनै पनि ब्रान्डको पुराना मोबाइल सेटलाई नयाँ सामसङको स्मार्टफोनसँग एक्सचेन्ज गर्न सक्नुहुनेछ , गोल्छाले भनिन् ।