नेपाली समय Loading...२०८१ बैशाख १७ सोमबार

डिभिजन टू : क्यानडामाथि नेपालकाे सनसनीपूर्ण जित

ओखलढुङ्गान्युज, फागुन २ ।
बुधबार भएको आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले क्यानडा माथि रोमाञ्चक जित हात पारेको छ । गर या मरको अवस्थामा रहेको नेपालले रोमाञ्चक म्याचमा क्यानडालार्इ एक विकेटले पराजित गरेको छ ।

अन्तिम ब्याट्सम्यानका रूपमा रहेका करण केसी र सुन्दीप लामिछानेले अविजीत रहँदै नेपाललार्इ एक विकेटको जित दिलाए ।

क्यानडालार्इ जितेसँगै नेपाल शीर्ष स्थानमा पुगेको छ भने विश्वकप छनोटका लागि छानिएको छ ।